सधैं हात्तीकै डर

सधैं हात्तीकै डर

गुलरिया : देशकै अन्न भण्डार मानिने बर्दियाको राजापुरक्षेत्र आसपासमा बसोवास गर्ने स्थानीय बर्षेनि हात्ती आतंकबाट प्रभावित हुँदै आएका छन्। पीडित बन्दै आएका छन्। भारतको कर्तनियाघाट वनविहार र बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको झुण्डले मानवीयसँगै बालीनाली खाएर क्षति पुर्‍याउने गरेपछि बर्दिया राजापुर क्षेत्रका स्थानीय जंगली हात्तीबाट पीडित बनेका हुन् ।

कर्णाली नदीको टापुमा अवस्थित राजापुर नगरपालिका क्षेत्रमा भारतीय जंगल तथा गेरुवा गाउँपालिका क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जनावरले तनाव दिने गरेका छन्।

सो क्षेत्रमा किसानले लगाएको धानवाली नोक्सान गर्नुको साथै मानवीय क्षति पनि गर्दै आएको छ। हात्तीको आवागमन रोक्न विद्युतीय तारबारका लागि गेरुवा गाउँपालिका तथा राजापुर नगरपालिकाले आर्थिक सहयोग गरेपनि पर्याप्त हुन सकेको छैन । कोठियाघाटदेखि कर्णाली नदीसम्म भारततर्फ सीमानामा १७ किलोमिटर विद्युतीय तारवार गर्न स्टिमेट संकलन भइरहेको लुम्वबनी प्रदेश सांसद दिपेश थारुले बताए । 

प्रदेश तथा संघीय सरकारको सहयोगमा चाँडै तारबार गरिने सरकारको योजना छ। उनले भने,' भारतको कर्तनियाघाट जंगल तथा बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै अवस्थित बर्दियाको राजापुर क्षेत्रमा बर्षेनि हात्तीले दु:ख दिँदै आएको छ।'

भारततर्फबाट झुण्डसहित आउने हात्तीले मानवीयसँगै कृषि उपज समेत खाएर नोक्सान गर्ने गरेको हो । थारुले थपे राजापुर नगरपालिका ७ मा स्थानीय उपभोक्ताले श्रीशान्ति सामुदायिक वन संरक्षण गरेपछि राजापुरक्षेत्रको शंकरपुर गाउँ हात्ती प्रभावित बनेको हो।

हरियो वन कार्यक्रमअन्र्तगत सामुदायिक वनको दीगो व्यवस्थापन गर्दै उपभोक्तालाई आत्मनिर्भर बनाउन राजापुरक्षेत्रमा जैविकविविधता संरक्षण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य मोहम्मद कर खाँले बताए ।

सामुदायिक वनमा वन्यजन्तुका लागि पोखरी निर्माण, वृक्षारोपणलगायत समुदायलाई आत्मनिर्भर बनाउन वेतवास तालिम, जडीवुटी खेती जस्ता जिविकोपार्जनका कार्यहरु भइरहेको छ । 

केही वर्षदेखि शंकरपुर क्षेत्रमा भारतबाट आउने हात्तीले स्थानीयलाई आक्रान्त पार्ने गरेका छन् । राजापुरका स्थानीयले प्रत्येक वर्ष हात्तीबाट सास्ती व्यहोर्नु परेपछि जिल्लाका सबै सांसदले संसदमा समेत कुरा उठाएको संघीय सांसद विमला विकले बताइन् ।

सामुदायिक वनमा निर्माण गरिएको पानी पोखरी । तस्बिर : यादव आचार्य

जंगली जनावरको क्षति न्यूनिकरणका लागि बर्दियाका सांसद एक भएर पहल गरेको उनले भनिन् । नागरिकको संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्छ । हात्ती रोक्न अनेकौ प्रयास गरिएपनि सफल नभएकाले नयाँ प्रविधिसहित नियन्त्रण गर्नुपर्ने सांसद विकको भनाइ छ।

बर्दिया जिल्ला चारैतिर नदी र जंगलले घेरिएको जिल्ला हो । राजापुर क्षेत्रको शान्ति सामुदायिक वनलगायत हात्ती आक्रमित क्षेत्रमा अनुगमन गरिएको छ । फेकोफनले सहजीकरण गरेको अनुगमनमा संघीय सांसद, प्रदेश सांसद, नागरिक समाज, पत्रकारलगायत उपभोक्ता सहभागी भएका छन् । जंगली हात्तीहरुको वासस्थान बन्दै गरेको शान्ति सामुदायिक वनलाई सुरक्षा प्रदान गर्नुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.