बर्दियामा पाटेबाघको आक्रमण : दुई जनाको मृत्यु

बर्दियामा पाटेबाघको आक्रमण : दुई जनाको मृत्यु

गुलरिया : बर्दियामा पाटेबाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ। भारतको कर्तनियाघाट बनविहार तथा बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविकमार्ग मधुवन नगरपालिका-३ धनौरामा अवस्थित बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गर्दा दुईजना स्थानीय युवाको मृत्यु भएको हो। 

जैविकमार्ग नजिकै सामुदायिक वनलाई वासस्थान बनाएको पाटेबाघले मान्छे खान थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन्।

आक्रामक बाघ नियन्त्रण गर्नुपर्ने उपभोक्ताको माग छ। पाटेबाघको आक्रमण गर्दा मधुवन नगरपालिका-३ का २९ वर्षीय उमेश चौधरी र २६ वर्षीय दिनेश चौधरीको मृत्यु भएको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र बाग्लेले बताए। 

बिहानैदेखि हराएका उमेशलाई केही साथीसँग सामुदायिक वनमा खोज्न गएका बेला दिनेशलाई बाघले आक्रमण गरेको थियो। सँगै गएका साथीहरु उनलाई बाघले आक्रमण गरेपछि गाउँमा आएर होहल्ला गरी सुरक्षाकर्मी सहितको टोली वनमा पुगेका हुन्। 

वाग्लेले भने, ‘गाउँबाट मानिस वनमा पुग्दा दिनेशलाई बाघले गम्भीर आक्रमण गरेको अवस्थामा फेला पारेको र सोही क्षेत्रमा खोजीगर्दै जाँदा बिहानैदेखि हराएका उमेशको समेत बाघले आक्रमण गरेको अवस्थामा शव फेला परेको हो।’

खाताजैविक मार्गमा एकसाता अघि घाँस काट्न गएकी सोही निवासी २९ बर्षीया गंगा खत्रीको बाघको आक्रमणमा परी मृत्यु भएको थियो। बाघ मान्छेलाई आक्रमण गर्न पल्किएकाले साँझ बिहानको समयमा वनक्षेत्रमा प्रवेश नगर्न कार्यालय प्रमुख बाग्लेले आग्रह गरेका छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.