बर्दियाको नरभक्षी बाघ स्थानान्तरण गरिने

बर्दियाको नरभक्षी बाघ स्थानान्तरण गरिने

गुलरिया : बर्दियाको मधुवन नगरपालिका अन्र्तगत खाता जैविकमार्ग क्षेत्रमा बसेको नरभक्षी पाटेबाघ स्थानान्तरण गरिने भएको छ । 

सीमावर्ती भारतको कर्तनियाघाट वन विहार तथा नेपालतर्फ बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने खाता वनक्षेत्रमा बस्दै आएको पाटे बाघले मान्छे खान थालेपछि जिल्ला स्थित विपद व्यवस्थापन समितिले बाघसार्न निर्णय गरेको हो ।

समुदायको जीवनरक्षा तथा मानव वन्यजन्तुबीचको द्वन्द्व न्युनिकरण गर्दै बाघ बसेको वनक्षेत्रलाई त्रासरहित बनाउन जिल्ला विपद व्यवस्थापन समितिले यथाशिघ्र बाघ स्थानान्तरण गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी, बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजनल वन कार्यालय, मधुवन नगरपालिका, खाता सामुदायिक वन समन्वय समिति लगायत स्थानीय समुदायको सहभागीतामा बाघ नियन्त्रणका लागि पहल गर्ने निर्णय गरिएको हो।

नरभक्षी बाघको पहिचानसहित सीमावर्ती भारतीय समकक्षी, सुरक्षा निकाय तथा वनसँग सहकार्य गर्दै बर्दिया राष्ट्रिय निकुञ्जसँग आवश्यक साधनस्रोत, जनशक्ति माग गरी जतिसक्दो चाँडो आक्रामक बाघलाई नियन्त्रणमा लिई जैविकमार्गबाट सुरक्षित स्थानमा स्थानान्तरणका लागि पहल गर्ने समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। निकुञ्जले डार्ट (बाघलाई लठ्याएर) बिधि मार्फत बाघ नियन्त्रणमा लिने कुरा भैरहेको छ ।

मृतकका आश्रित परिवारलाई वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका अनुसार रकम उपलब्ध गराउन डिभिजनल वन कार्यालय बर्दियालाई प्रकृया अघि बढाउने निर्णय गरेका छौं ।

खाता जैविक क्षेत्रमा एकसाता अघि मधुवन नगरपालिका–३ की २९ वर्षीया गंगा खत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको एकसातामा सोही निवासी २९ वर्षीय रमेश थारु र २६ वर्षीय दिनेश थारुको एकै दिन बाघले आक्रमण गर्दा मृत्यु भएको छ । बाघ आक्रमणको घटना भएपछि सोक्षेत्रमा त्रास फैलिएको छ । खाताक्षेत्रमा बाघ आक्रामक भएपछि बिहान बेलुकी वन भित्र नजान अनुरोध गरिएको खाता सामुदायिक वन समन्वय समितिका सचिव हरि गुरुले बताए । 
    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.