किसानका धान किन्दै सहकारी

किसानका धान किन्दै सहकारी

गुलरिया : बर्दिया मधुवनका किसानले उत्पादन गरेको धान सहकारीले खरिद गर्न थालेपछि उनीहरु खुसी भएका छन्। मिहिनेत गरे पनि उत्पादनको मुल्य नपाएका उनीहरु बजार मुल्यभन्दा बढीमा सहकारीले धान खरिद गर्न थालेपछि लाभान्वित भएका हुन्।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ मा रहेको साना किसान सहकारीले सदस्यहरुले उत्पादन गरेका धान, गहुँ लगायत मल बाली खरिद गर्न थालेपछि उत्पादनले बजार नपाएर भौतारिएका आफूहरुले उचित बजार पाएको स्थानीय किसान डम्मर सिंह गुरुङले बताए। सहकारीले धान खरिद मात्र होइन कृषि कार्यका लागि किसानहरुलाई ऋण समेत उपलब्ध गराउने गर्छ। उनले भने, 'हामीले उत्पादन गरेको अनाज सहकारीले महँगो मुल्यमा खरिद गरिदिएपछि कृषिमा हाम्रो हौसला पनि बढेको छ।' 

विगतका वर्षहरुमा सहकारीले धान खरिद नगर्दा सस्तोमा कृषि उत्पादन बिक्री गर्न बाध्य हुनुपरेको मधुवन नगरपालिका वडा नम्बर ७ निवसी सहकारीमा आवद्ध किसान गोविन्दप्रसाद गौतमले बताए। 'यसवर्षदेखि सहकारीले धान खरिद सुरु गरेपछि हामीलाई धेरै सहज भएको छ। सहकारीले उपलब्ध गराएको मोटा तथा सावाँ मन्सुली जातको धानको मूल विउ उत्पादनका लागि ऋण लिएर खेती गरेको छु', उनले भने, 'उत्पादन गरेको धानको बिउ सहकारीले नै खरिद गर्छ मुल्य पनि राम्रो दिन्छ।' सामान्य मोटाधानको मुल्य प्रति क्विन्टल सवा २५ सय रुपैयाँ सहकारीले किसानलाई दिएको छ। बजारमा मोटाधान सहकारीले दिएको भन्दा कम मुल्यमा खरिद बिक्री भैरहेको छ।

ताराताल मधुवन क्षेत्रका किसानलाई चर्को ब्याजमा ऋण लिनु पर्ने बाध्यता थियो। सहकारीले क्षेत्राधिकार वृद्धि गरी अधिकतम किसानलाई समेट्दै बचतसँगै ऋण लगानी गर्न थालेपछि सहज रुपमा कृषि ऋण उपलब्ध गराउन थालेको साना किसान सहकारी मधुवनका अध्यक्ष प्रेम तिमिल्सिनाले बताए। उनले भने, 'हामीले किसानलाई ऋणसँगै मल, बिउ उपलब्ध गराइ उनीहरुले उत्पादन गरेको खाद्यान्न खरीद गरी बजार ब्यवस्थापनमा सहयोग पुर्याएका छौं।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.