वैदेशिक रोजगार कार्यालयमा घुस
काठमाडौं : काठमाडौं महानगरपालिका १३ ताहाचल स्थित वैदेशिक रोजगार कार्यालयमा कार्यरत हल्का सवारी चालक (करार) धनबहादुर तामाङ्ग र लेखापढी व्यवसायी रामानन्द चौधरी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८ हजार घुस लिदालिदै उनीहरुलाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिन आएका सेवाग्राहीसँग काम छिटो गरीदिने भनी लेखापढी व्यवसायी चौधरीलाई सेवाग्राहीबाट घुस लिई सवारी चालक तामाङलाई दिएका थिए।
चौधरीले तामाङलाई घुस दिँदै गरेको अवस्थामा उक्त रकमसहित दुबै जनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ अख्तियार प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !