चाडबाडमा नयाँ सवारी

चाडबाडमा नयाँ सवारी

चाडपर्व सुरु भएसँगै गाडीका सोरुममा भीड बढ्न थालेको छ। महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण तीव्र फैलिए पनि तिहारअघि गाडी सोरुममा देखिएको भीडले कोरोना नै बिर्सिएको जस्तो देखिन्छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहालका अनुसार तिहारको समयमा अटोमोबाइल्स क्षेत्रमा उत्साह आएको छ। कोभिडका कारण करिब ६ महिनाभन्दा धेरै समय अटोमोबाइल्स क्षेत्र ठप्प थियो। लकडाउन खुकुलो भएसँगै गाडीका सोरुममा ग्राहकको भीड छ। ‘गाडी बिक्री राम्रै भइरहेको छ’, दाहालले भने, ‘विस्तारै गाडीप्रति ग्राहकको रुचि बढेको छ।’ परिस्थितिअनुसार हालको बिक्री सन्तोषजनक रहेको निवर्तमान अध्यक्षको भनाइ छ।

चाडपर्वअघि विभिन्न ब्रान्डले ल्याएको अफरले पनि बजारलाई उत्साहित बनाउन मद्दत गरेको नाडाका सचिव अनुपकुमार बराल बताउँछन्। ‘कोभिडका कारण व्यवसाय पूर्णरूपमा बन्द हुने अवस्थामा थियो’, बरालले भने, ‘स्वास्थ्य सुरक्षाका लागि पनि गाडी किन्ने ग्राहक देखिएका छन्।’ यसले धराशायी हुने अवस्थामा पुगेको अटोमोबाइल्स व्यवसायमा केही आशा जाएको बरालले बताए।

विभिन्न कम्पनीले इनहाउन फाइनान्सिङको सुविधा प्रदान गरेर पनि गाडी बिक्री गरिरहेका छन्। ब्याजदरमा हुने उतारचढावले पनि ग्राहकलाई पिरोल्ने गरेको थियो। लकडाउनका कारण बैंकका लगानीयोग्य पुँजी सञ्चित भएकाले पनि नयाँ गाडी किन्ने ग्राहक बढिरहेको उनले बताए।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रूपेश शर्मा भट्टले पछिल्लो एक महिनामा गाडीको बिक्री उत्साजन रहेको बताए। ‘दसैंतिहार गाडी बिक्री हुने सिजिन नै हो। कोभिडको कारण बिक्री घट्ने अनुमान थियो’, शर्माले भने, ‘तर, दसैंभन्दा तिहारमा ग्राहकको घुइँचो बढेको छ।’ पछिल्लो समय ग्राहकको रुचि एसयूभी र कम्प्याक्ट एसयूभीमा देखिएको उनले बताए। 
गत वर्षको तलुनामा यो वर्ष चाडपर्वको समयको बिक्री भने ५० प्रतिशत कमी आएको निवर्तमान अध्यक्ष दाहालले बताए। विगतका वर्षमा चाडपर्वअघि गाडीको महाकुम्भ नाडा अटो सो आयोजना हुने गथ्र्यो। सोमार्फत धेरै नयाँ गाडी बजारमा भित्रिने गर्थे। ग्राहकले पनि एउटै थलोमा विभिन्न ब्रान्डका गाडीका बारेमा जानकारी हासिल गर्न सक्ने। महामारीबीच पनि कम्पनीले भर्चुअल माध्यमबाट केही गाडी सार्वजनिक गरेका छन्। नयाँ गाडीले केही हदसम्म ग्राहकको संख्या बढाउन मद्दत गरिरहेको उनले बताए। 

यो वर्षका नयाँ गाडी
रेनो क्विड फेसलिफ्ट

रेनो गाडीको आधिकारिक वितरक एडभान्स अटोमोबाइल्स प्रालिले यस वर्ष रेनो क्विड फेसलिफ्ट बजारमा भिœयाएको छ। रेगुलर क्विडको तुलनामा रेनो क्विड फेसलिफ्टको एक्सटेरियर र इन्टेरियरमा सामान्य परिमार्जन गरिएको छ। फेसलिफ्ट क्विडमा नयाँ स्प्लिट हेडल्याम्पका साथै एलईडी डेटाइम रनिङ लाइट दिइएको छ।  सुरक्षाका लागि एबीएस, ईबीडीसहितको एबीएस, रिभाइज पार्किङ सेन्सर, स्पिड वार्निङ सिस्टम, सिटबेल्ट रिमाइन्डरलगायत फिचर छ। क्विड तीन भेरियेन्टमा नेपाली बजारमा उपलब्ध छ। आरएक्सटी (ओ), क्लाइम्बर र आरएक्सटी (ओ) एएमटीमा १.० लिटर, थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ। उक्त इन्जिनले अधिकतम ६८ बीएच शक्ति प्रदान गर्छ।
कम्पनीले आरएक्सटी (ओ) भेरियन्टको मूल्य २४ लाख ९९ हजार, क्लाइम्बर भेरियन्टको २५ लाख ९९ हजार र आरएक्सटी (ओ) एएमटीको २६ लाख ४९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको छ।

जिप कम्पास डिजेल अटोमेटिक
नेपालका लागि जिपको आधिकारिक बिक्रेता एमएडब्लू लाइफले लोकप्रिय ट्रिम लिमिटेड प्लसमा९–स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास भेरियन्ट नेपाल भित्र्याएको छ। अल ह्विल ड्राइभ भएको नयाँ कम्पासमा बीएस ६ कम्प्लायन्ट २.० लिटरको ४ बाई ४ डिजेल अटोमेटिक इन्जिन छ । यसले अधिकतम १७३ पीएस शक्ति र ३५० एनएम टर्क उत्पन्न गर्छ। 

नयाँ कम्पास डिजेल अटोमेटिकलाई ‘द अर्बान अफरोडर’ भनी पोजिसनिङ गरिएको छ। यो ‘९–स्पिड डिजेल अटोमेटिक’ र ‘४ बाई ४ क्यापाबिलिटी’ दुवै भएको क्लासकै पहिलो एसयूभी हो। कम्पासको यो टप–एन्ड मोडलको मूल्य १ करोड १८ लाख ९० हजार तोकिएको छ। 

टोयोटा कोरोला क्रस 
टोयोटा गाडीको अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले एसयूभी सेग्मेन्टको ’कोरोला क्रस’ बिक्री सुरु गरेको छ। यो गाडी दुई भेरियन्टमा उपलब्ध छ। इन्ट्री लेवलको बजार मूल्य १ करोड १२ लाख रुपैयाँ छ भने हाई लेवलको मूल्य १ करोड ३३ लाख रुपैयाँ छ। १.८ लिटर पेट्रोल इन्जिनयुक्त गाडीमा १३८ ब्रेकिङ हर्षपावर र १ सय ७७ नुटन मिटरको पिक टर्क क्षमता छ।  कम्पनीको टोयोटा न्यु ग्लोबल आर्किटेक्चर ‘टीएनजीए’ अन्तर्गत रहेको यो गाडीमा फराकिलो क्याबिन र क्लास लिडिङ लगेज स्पेस (४१८ लिटर) रहेको कम्पनीले जनाएको छ।
गाडीमा एप्पल कारप्ले सपोर्टिभ ९ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, टीएफटी (थिन फिल्म ट्रान्जिस्टर) डिस्प्ले, पानारोमिक भ्यु मोनिटर, पावर्ड मुनरुफ, एडजस्टेबल ड्राइभर सिटलगायत अत्याधुनिक प्रविधि समावेश रहेको कम्पनीले जनाएको छ।

र्‍यापिड टीएसआई
नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले थप ‘पावर, कम्फर्ट र भ्यालु फर मनी’सहितको नयाँ र्‍यापिड टीएसआई सार्वजनिक गरेको छ। नयाँ स्कोडा र्‍यापिड अघिल्लो पुस्ताको र्‍यापिडभन्दा पाँच लाख रुपैयाँ कम अर्थात् ३४ लाख ९० हजार रुपैयाँमा सार्वजनिक भएको हो।

विभिन्न ६ भेरियन्टमा सार्वजनिक भएको र्‍यापिड राइडरको सुरुआती मूल्य ३४ लाख ९० हजार, राइडर प्लसको ३६ लाख ९० हजार, एम्बिसनको ४३ लाख ९० हजार, ओनिक्सको ४४ लाख ९० हजार, स्टाइलको ५० लाख ९० हजार र मोन्टे कार्लो भेरियन्टको ५१ लाख ९० हजार रुपैयाँ रहेको छ।

नयाँ स्कोडा र्‍यापिडलाई नयाँ टीएसआई इन्जिनले पावर दिन्छ। जुन पहिला स्कोडा सुपर्ब र स्कोडा अक्टाभियाजस्तो प्रिमियम मोडेलमा प्रयोग भएको थियो। नयाँ पेट्रोल टीएसआईले ११० पीएस पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ। नयाँ र्‍यापिड टीएसआई १.० को ‘फ्युल इफिसेन्सी’ पनि राम्रो छ। यसले १८.९७ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ।

हुन्डाईका तीन गाडी
नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यो वर्ष तीनवटा नयाँ गाडी बजारमा भिœयाएको छ। हुन्डाई औरा, हुन्डाई आई टेन नियोस’ र नयाँ क्रेटा बजारमा ल्याएको छ।  नयाँ औरा सेडान सेगमेन्टमा सबैभन्दा शक्तिशाली र सुविधायुक्त ट्रेन्डसेटरका रूपमा स्थापित हुन तयार रहेको दाबी गर्दै नयाँ गाडी बजारमा ल्याएको हो।  
हुन्डाई औरा ‘एस’ भेरियन्टको १.२ कप्पा डुअल भिटिभिटी पेट्रोल इन्जिनको १.१९७ सीसीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। यसको मूल्य ३३ लाख ९६ हजार रुपैयाँ रहेको जनाइएको छ।, 

हुन्डाई ग्रान्ड टेन नियोसमा कप्पा डुअल भीटीभीटी टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ। गाडीमा ८३ पीएसर ६ हजार आरपीएम गरी दुवै म्यानुअल तथा स्वचालित ट्रान्समिसन विकल्प प्रयोग गर्न सकिन्छ। ग्रान्ड आई टेन नियोसले ५–स्पिड म्यानुअल स्मार्ट अटो एमटी दुवै किसिमको ट्रान्समिसनमा उपलब्ध रहेको कम्पनीले बताएको छ। यसको नेपाली बजारमा सुरुआती मूल्य ३० लाख ९६ हजार रुपैयाँ तोकिएको छ।  कम्पनीले नयाँ क्रेटालाई ‘दि अल्टिमेट एसयूभी’ भनेको छ।

हुन्डाईले नयाँ क्रेटामा विभिन्न विशेषता थप गरेर ल्याएको छ। नयाँ क्रेटा १.५ लिटर पेट्रोल र १.५ लिटर भिजिटी डिजेल इन्जिनमा उपलब्ध रहेको छ। नयाँ क्रेटामा ट्रान्समिसनको अप्सन ६ स्पिड छ जुन, सबै रेञ्जको गाडीमा स्ट्यान्डर्ड रहनेछ। साथै अप्सनल १.५ लिटर डिजेल इन्जिनका लागि टर्क कन्भर्टर र १.५ पेट्रोल मोटरका लागि आईभीटी अटोमेटिक रहेको छ। नयाँ जेनेरेसनको क्रेटा ६ भेरियन्टमा उपलब्ध छ। नयाँ क्रेटाको सुरुआती मूल्य ४८ लाख ९६ हजार छ भने अधिकतम ६५ लाख ९६ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।

टाटा अल्ट्रोज
टाटाको लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ अल्ट्रोज बजारमा भिœयाएको छ। यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पि.एस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ। यसमा रहेको मल्टिड्राइभ (सिटी र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्ने कम्पनीको दाबी छ। 

अल्ट्रोजमा आइडल स्टपरस्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डललगायत विशेषता छन्।  प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबीएस, ईबीडी., सीएससी र डुअल एअर ब्याग छन्। टाटा अल्ट्रोजको सुरुआती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

नयाँ पोलो
फक्सवागनको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपालले फक्सवागनको नयाँ मोडलको गाडी पोलो १.० नेपाली बजारमा भिœयाएको छ। ९९९ सीसी र ७६ एचपी इन्जिन क्षमता रहेको उक्त गाडी इन्धन बचतमा कोसेढुंगा बन्ने कम्पनीको दाबी छ। यसअघि नेपाली बजारमा फक्सवागन पोलो गाडी १६०० र १२०० सीसीमा उपलब्ध थियो। नयाँ पोलोको मूल्य २६ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.