बर्दियामा कोरोनाका बिरामी बढे

बर्दियामा कोरोनाका बिरामी बढे

गुलरिया : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणका बिरामीको संख्या बर्दियामा ह्वात्तै बढेको छ । जिल्लामा संकलन गरिएका स्वाबका नमूना नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा पोजिटिभ देखिने क्रम नरोकिएपछि संक्रमितको संख्या बढेको पाइएको हो ।

बर्दियामा संक्रमितको संख्या बढेसँगै राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल संचालनमा ल्याएका छन् । बर्दियामा कोरोना भाइरस संक्रमितको संख्या डरलाग्दो तरिकाले बढेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । 

जिल्लामा संक्रमितको संख्या १ हजार १७६ पुगेको छ । जसमध्ये १ हजार ५७ जना निको भएका र ८३ जना सक्रिय संक्रमित छन् । उनले भने बर्दियामा हालसम्म १४ हजार २४३ जनाको पीसीआर परिक्षण भैसकेको छ । कोभिडका संक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् ।

बर्दियाका गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, वाँसगढी नगरपालिका तथा गेरुवा र बढैयाताल गाउँपालिकामा कोरोना भाईरस संक्रमणको जोखिम कायमै छ । जिल्लाका ८ वटा पालिकाहरु मध्ये बाँसगढी नगरपालिकामा सवैभन्दा बढी २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ सय ४९ जनाले कोरोना जितेको र ६ जना सक्रिय संक्रमित छन् । बाँसगढी पछि गुलरिया नगरपालिका संक्रमणको दोस्रो र मधुवन नगरपालिका तेस्रो जोखिममा छन् ।

प्रमुख गिरीका अनुसार गुलरिया नगरपालिकामा २ सय २१ जना संक्रमित, १ सय ९० जना निको र १८ जना आइसोलेसनमा उपचाररत छन् । मधुवन नगरपालिकामा पुष्टि भएका १ सय ५२ जना संक्रमितमध्ये १ सय ३५ जना निको भइसकेको र १२ जना एक्टिभ केस छन् । त्यस्तै ठाकुरबाबा १४०, बढैयाताल १२२, राजापुर ११५, बारबर्दिया १०८ तथा गेरुवा गाउँपालिकामा ५७ जनाको कोरोना पुष्टि भएको छ । पछिल्लो समय जिल्लामा कोभिडको जोखिम बढ्दो क्रममा छ ।

स्वास्थ्य प्रमुख गिरीले थपे,' कोभिडका चिन्ह, लक्षण सहितका केशहरु बढ्न थालेकाले लक्षण भएकाहरुको मात्र पीसीआर परीक्षणको लागि स्वाबको नमुना संकलन गर्न थालेका छौं । 'कोभिडका बिरामी बढ्न थालेकाले बर्दियामा कोभिड अस्पताल संचालनको तयारी अन्तिम चरणमा पुगेको छ । 

'जनशक्ति थपिएसँगै अस्पताल सुचारु गर्छौ । हामीकहाँ आइसीयू तथा भेन्टिलेटर उपलब्ध छैन । अस्पताल संचालनका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ,' उनले भने । राजापुर नगरपालिकामा ४० शैया र गेरुवा गाउँपालिकामा १० शैयाको अस्थायी कोभिड अस्पताल संचालन गरिएको छ ।

क्रमित होम आइसोलेसनमा बस्ने क्रम बढेकाले उनीहरुको अनुगमनलाई तीव्रता दिनु आवश्यक छ । उनीहरु घरमा कस्तो अवस्थामा कसरी बसेका छन् लगायतको नियमित अनुगमन गर्नुपर्ने प्रावधान छ । स्थानीय तहमा ५ वा ३ जनाको अनुगमन समिति बनाएर घरमा बसेका संक्रमितको अनुगमन गर्न जिल्ला विपद व्यवस्थापन समिति बर्दियाले निर्णय गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.