आँबुखैरेनीमा बस दुर्घटना, १७ जना घाइते

आँबुखैरेनीमा बस दुर्घटना, १७ जना घाइते

दमौली : आँबुखैरेनी मिलनचोकमा बस सडकबाट खोल्सामा खस्दा १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार म्याग्दीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस सडकबाट पाँच मिटर तल खसेको हो । 

घटनामा परी बसमा सवार १४ जना यात्रु तथा बसको पछाडिको भागको ठक्करबाट आँबुबाट दमौलीतर्फ आउँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरमा सवार तीन जना पनि घाइते भएका छन् । 

ट्राफिक प्रमुख रेशम रानाभाटले घाइतेमध्ये तीनजनालाई थप उपचारका लागि भरतपुर तथा एकलाई पोखरा पठाइएको जानकारी दिए । अन्य घाइतेको अवस्था सामान्य रहेको र केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए । 

घाइते हुनेमा तनहुँ, पर्वत र स्याङजाका यात्रु बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.