दाङमा तरुण दलको प्रदर्शन
दाङ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले गरेको दुर्व्यवहारको विरोधमा दाङमा तरुण दलले प्रदर्शन गरेको छ ।
तरुण दल दाङ र नेविसंघ दाङले तुलसीपुरमा प्रदर्शन गरेका हुन् । प्रहरीले कांग्रेस वरिष्ठ नेता पौडेललाई तनहुँको व्यास नगरपालिका १ तालघरेबाट बुधबार दुर्व्यवहार गर्दे केही घण्टा नियन्त्रणमा लिएको विरोधमा दाङ तरुणदल आन्दोलित भएको हो ।
तरुणले तुलसीपुर प्रदर्शन गर्दे सरकारविरुद्ध नारा लगाएका थिए । ओली सरकारको सर्वसत्तावाद लाद्न खोजेको भन्दै सरकारका विरुद्धमा चर्का नाराबाजी गरेका थिए ।
प्रदर्शनमा सहभागीले वरिष्ठ नेता पौडेललाई वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएर नियन्त्रणमा लिएको भन्दै अब यस्ता घटना नदोहोर्याउन सरकारलाई चेतावनीसमेत दिएका छन्।
विरोध प्रर्दशनपछि गरिएको कोणसभालाई सम्बोधन गर्दे स्थानीय नेताले सरकारका यस्ता खालका हर्कत र क्रियाकलाप बन्द नभए परिस्थिति गम्भीर हुने चेतावनी दिएका थिए ।
तरुण दल दाङका अध्यक्ष टीका घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेता केशव आचार्य, विद्यार्थी नेता अनिल कार्की, दरुण दल उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेलगायतकाले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !