तीन बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा युवक पक्राउ

तीन बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा युवक पक्राउ

राजविराज : घाँस काटिरहेका तीन बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरूप नगरपालिका–११ का एक युवकलाई पक्राउ गरेको छ ।

६, ७ र ८ वर्षीया तीन बालिकाहरूलाई ललाई–फकाई मोटरसाइकलमा राखेर कञ्चनरूप नगरपालिका–१२ स्थित धारापानी पिकनिकस्थल लगेर यौन दुर्व्यवहार गरेको आरोपमा २४ वर्षीय दीपक गाईनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

पक्राउ परेका आरोपितलाई शुक्रबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

घाँस काटिरहेका बालिकाहरुलाई बिहीबार साँझ गाईनले मोटरसाइकलमा पिकनिक स्थल लगेका थिए । बालिकालाई एकान्त स्थलमा लगेर ती युवकले बालिकाहरुको शरीरका संवेदनशील अंगमा छुनुका साथै जवर्जस्ती गर्न खोजेको बालिकाहरुले बताएका छन् ।

कपडा खोलेर यौन दुर्व्यवहार गर्न थालेपछि होहल्ला गर्दा घाँसदाउरा खोज्न जङ्गल गएका मानिसहरूले उनीहरुलाई समातेर सोधपुछ समेत गरेका थिए । आरोपितलाई ईलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बालिकाहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराई परिवारका सदस्यहरूको जिम्मा लगाइएको छ ।

पीडित बालिकाका आमाहरूले दिएको उजुरीपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको र अहिले हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.