लुम्बिनी प्रदेशका चार जिल्लामा पूर्णखोप घोषणाको तयारी

लुम्बिनी प्रदेशका चार जिल्लामा पूर्णखोप घोषणाको तयारी

गुलरिया : लुम्बिनी प्रदेशका ४ जिल्लामा पूर्णखोप घोषणाको तयारी सुरु गरिएको छ । प्रदेशअन्तर्गत रहेको सामाजिक विकास मन्त्रालयले बर्दिया, बाँके, कपिलवस्तु र पूर्वीरुकुमलाई यसै आर्थिक वर्षमा पूर्णखोप जिल्ला घोषणा गर्ने योजना सार्वजनिक गरेसँगै ‘खोज र खोप अभियान’ मार्फत लुम्बिनी प्रदेशका ४ जिल्लामा पूर्णखोप घोषणाको चहलपहल सुरु भएको छ ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुर्दशन वरालले जिल्लामा आयोजित अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीलाई भर्चुअल प्रविधिमार्फत सम्बोधन गर्दै चालु आर्थिक वर्षमा प्रदेशका ४ वटा जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गर्ने योजना सार्वजनिक गरेका छन् । 

लुम्बिनी प्रदेशका ८ वटा जिल्लासहित नेपालमा ५८ जिल्ला पूर्णखोप जिल्ला घोषणा भैसकेको छ । बर्दिया जिल्लाका मधुवन, राजापुर, ठाकुरबाबा वाँसगढी नगरपालिका र बढैयाताल तथा गेरुवा गाउँपालिका पूर्णखोप पालिका घोषणा भैसकेका छन् । पूर्णखोप घोषणा हुन बाँकी गुलरिया र बारबर्दिया नगरपालिकामा अभियान सुरु गरी चाँडै पूर्णखोप पालिका घोषणा गरिने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।

नेपाल जनसांखिक तथा स्वास्थ्य सर्भेक्षण अनुसार नेपालमा ७८ प्रतिशत वालवालिकाले पूर्णखोप पाएका छन् । गिरीले भने बर्दियामा २ वर्ष मुनीका वालवालिका मध्ये विसिजी ७९ प्रतिशत, डिपिटि हेपाटाईटिस (हिप वी) ७६ प्रतिशत, पिसिवि ७८ प्रतिशत, दादुरा रुवेला ७५ प्रतिशत र जापानिज इन्सेफलाईटिस खोप ८० प्रतिशत वालवालिकाहरुले पाएका छन् । पूर्णखोप घोषणाका लागि बर्दियामा पुष, माघ, फागुन महिना भित्र १५ महिना मुनीका सबै बालबालिका खोज्दै खोप लगाउने तयारी हाम्रो छ । कोभिडको त्रास कायमै रहेपनि स्वास्थ्य मापदण्ड सहित सामाजिक दुरी कायमगर्दै कार्यक्रम अघि बढाउने तयारी स्वास्थ्य कार्यालयको छ ।

चैत्र महिनासम्म खोप लगाए नलगाएको सर्भेक्षण गर्दै खोप नलगाएका बालबालिकालाई पुन: खोप लगाउने कार्यक्रम छ । गिरीले थपे,' आगामी वैशाख महिनाको अन्त्यसम्म बर्दियालाई पूर्णखोप जिल्ला घोषणा गर्छौं।'

यसका लागि सबै अभिभावकहरुको सहयोग अपरिहार्य छ । भचुअल गोष्ठिमा बर्दियाबाट सहभागी लुम्विनी प्रदेश सांसद तिलकराम शर्मा, कुलप्रसाद पोख्रेल, कविराम थारु, स्थानियतहहरुका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत ८ वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखाका प्रमुखहरुले तोकिएको समयमै बर्दियालाई पूर्णखोप जिल्ला घोषणा गर्ने प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.