मानव बेचबिखन आरोपमा महिला पक्राउ

मानव बेचबिखन आरोपमा महिला पक्राउ

काठमाडौं : मानव बेचबिखन अनुसन्धान ब्यूरोले गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्‍याइ मानव बेचबिखनमा संलग्न एक महिलालाई आइतबार प्रक्राउ गरेको छ ।

अफ्रिका पठाइदिने भन्दै पाँच जनालाई बेचबिखन गरी फरार सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट घर भएकी काठमाडौँ महानगरपालिका वडा नं.७ कुमारीगाल बस्ने ५० वर्षीया अनिता तामाङ भन्ने अनिता सुनुवार पक्राउ परेकी हुन् । यसअघि ब्यूरोले मंसिर १६ गते ताप्लेजुङ मिरिङदेङ गाउँपालिकाका ४३ वर्षीय गशेणकुमार लोंवालाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता  प्रहरी उपरीक्षक अनुराग कुमार द्विबेदीले बताए ।

काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भइ लोंवाको थप अनुसन्धान कार्य जारी रहेकोमा उक्त मुद्दामा फरार रहेका प्रतिवादीमध्येकी अनिता तामाङ भन्ने अनिता सुनुवारलाई खोजतलास गर्ने क्रममा ब्यूरोले पक्राउ गरेको हो ।

अभियुक्तहरुले माछाको फ्याक्ट्रीमा काम लगाइदिने भन्दै पीडितबाट ५ लाख भन्दा बढी असुलेको पाइएको छ । वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाईदिने प्रलोभनमा पारी गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भारत, खाडी मूलुक(दुवई र कतार), मोजाम्बिक हुँदै साउथ अफ्रिकासम्म पुर्‍याइएको पीडितको आरोप छ । शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४/५ महिनासम्म बन्धक बनाएको पीडितले जानकारी दिए । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.