सिदिङ्वा गाउँपालिकाका कर्मचारीमाथि हातपात र दुर्व्यवहार

सिदिङ्वा गाउँपालिकाका कर्मचारीमाथि हातपात र दुर्व्यवहार

ताप्लेजुङ : ताप्लेजुङको सिरिङ्वा गाउँपालिकाका कर्मचारीहरुले आफूहरुमाथि हातपात तथा दुर्व्यवहार भएको बताएका छन् ।

शनिबार साँझ मादक पदार्थ सेवन गरी आएको समूहले स्वास्थ्य चौकी छेउमा बसिरहेका तीन कर्मचारीलाई हातपात गरेका हुन् । सहायक महिला विकास निरीक्षक सुशीला सुवेदीको बायाँ आँखामा चोट लागेको प्रमुख प्रशासकीय अधिकृत समन लिङ्देनले बताए । लिङ्देनका अनुसार प्राविधिक सहायक जोसना कुमारी गनगाईं र एचए रामअवतार यादव भागेर बाँच्न सफल भए ।

‘बेलुका हाम्रो साथीहरु चिया पिएर बसिरहेको बेला मातेर आएको समुहले एक्कासी निहुँ खोज्न थालेछन्, अपशब्द प्रयोग गरेछन्, एक जनाले मुढाले प्रहार गर्दा सुशीला मीसको आँखामा चोट लागेको छ,’ लिङ्देनले भने, ‘त्यसपछि खुकुरी निकालेर सामअवतार सरलाई काट्न खेदाएछन्, उहाँ झ्यालबाट हाम फालेर भाग्न सफल हुनुभएछ ।’

घटनापछि आफूहरु असुरक्षित भएको र कम गर्न सक्ने अवस्थामा नरहेको अधिकृत लिङ्देनले बताए । ‘टाढाबाट पिठ्यूँमा नानी च्यापेर आएका कर्मचारीलाई नै यस्तो दुव्र्यवहार हुन्छ, यस्तो अवस्थामा कुन मनोबलले काम गर्ने ?’ उनले भने, ‘हामीलाई जनप्रतिनिधि र स्थानीय कसैले पनि सहयोग गर्नुभएन ।’

घटनामा संलग्न दुई जनालाई पक्रउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २५ वर्षीय सन्तोस इधिङ्गो र ३३ वर्षीय युविन्द्र इधिङ्गो छन् । ‘धारिलो हतियार देखाएर हातपात गरेको र दुव्र्यवहार गरेको अभियोगमा पक्रउ गरेर अनुसन्धान थालेका छौं,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.