किम्फमा मार्मिक कथा

किम्फमा मार्मिक कथा

काठमाडौं : संसारको गति ९०/१०० को रेसमा दौडिरहेको थियो। सबैलाई आफ्नाआफ्ना हतार। सुस्ताउने र रोकिने पछाडि फर्किने समय कसैलाई थिएन। व्यापारी हुन् कि व्यवसायी, भरिया हुन् कि मजदुर, उद्योगी हुन् कि कर्मचारी सबैलाई हतार थियो। यही बीचमा संसारभर पकड जमाउँदै कोभिड—१९ भाइरस फैलियो। सबै मानिस घरभित्रै बस्न बाध्य भए।

नेपालमा पनि चैत महिनाको पहिलो हप्तादेखि सरकारले लकडाउन घोषणा ग¥यो। धेरै मानिसले काम गुमाए। निकै सास्ती बेहोरे। जब कोरोनाका कारण नेपालमा मानिसको मृत्यु हुन थाल्यो त्यसपछि मान्छेमान्छेबीच त्रास बढ्यो। यही कोरोनाका डरका बीच पनि धेरै मानिसले सामाजिक काम गरे। बिरामीलाई अस्पताल लान एम्बुलेन्स नपाइरहेको अवस्थामा आफ्नै निजी गाडीमार्फत एम्बुलेन्सको काम गर्ने युवा पनि देखा परे। डकुमेन्ट्री निर्माता तथा निर्देशक गणेश पाण्डेले यही विषयमा २५ मिनेटको सर्ट फिल्म ‘सिभिल सोल्जर’ निर्माण गरे। 

राजधानीमा जारी अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’मा सिभिल सोल्जर पनि प्रतिस्पर्धामा छ। यसैबीच किम्फ आयोजक टिमले फिल्म निर्माता, निर्देशक र दर्शकबीच एक अन्तरक्रिया आयोजना गरेको थियो। नेपाली फिल्म निर्माणको कथावस्तु छनोट, पात्रसँगको अन्तरसम्बन्ध, फिल्म निर्माण अनुभव र आगामी योजनालगायतका विविध विषयमा छलफल चलेको थियो। कार्यक्रममा सिभिल सोल्जर निर्देशक पाण्डेले कोरोनाले पारेको संकटको जानकारी दिँदै जति नै ठूलो प्रकोप वा संकट किन नहोस् यसले एउटा अवसर पनि लिएर आउने बताए। यसका साथै उनले संकटमा पनि सिर्जनशीलता नमर्ने जानकारी दिँदै आफूले संकटका सारथिलाई फिल्ममार्फत अर्काइभ गरेको बताए। 

द स्नो लियोपार्ड कलिङ फिल्म निर्देशक सोनाम छ्योकी लामाले नेपालले बनाउनै पर्ने र देखाउनै पर्ने अनगिन्ती कथा गाउँमै लुकेर रहेको बताइन्। उनले हिउँ चितुवाको जीवनलाई फिल्ममा देखाएकी छन्। 

 मिसन एभरेस्ट फिल्म निर्देशक सोनाम शेर्पाले सगरमाथा चढ्दाको कहर र अप्ठ्यारोलाई नजिकबाट नियालेकी छन्। उनका अनुसार हिमाल चढ्नेका धेरै वास्तविक कथा बाहिर आउँदैन। उनले यसका केही सत्य कथालाई फिल्ममार्फत बाहिर ल्याएकी छन्। 

द क्रिमोटोर शीर्षकको फिल्मका निर्देशक निशोन शाक्यले पशुपतिमा लास जलाउनेहरूको वास्तविक कथा उतारेका छन्। फिल्म निर्माण अनुभव सुनाउँदै उनी भन्छन्, ‘मृत्यु सबैका लागि भयावह यथार्थ हो। मानिसले आफू र आफ्नाहरूको मृत्युबारे कहिल्यै कुरा गर्न चाहँदैन। तर हरेक दिन घाटमा बसेर मृत्यु हेरिरहेका, बुझिरहेकाहरू मृत्युबारे के भन्छन् ? के सोच्छन् ? उनीहरूका लागि मृत्यु सामान्य प्रक्रिया मात्रै हो। यही यथार्थ फिल्मले देखाएको छ।’ 

कम ओभर फर अ डिङ्क कान्छी  फिल्मकी निर्देशक सिकुमा राईले आफ्नै समुदायको रक्सी प्रचलनलाई कथामा उतारेकी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.