विमानस्थल विस्तारमा विवाद, पुनर्स्थापना नभएसम्म काम गर्न नदिने स्थानीयको अडान
सुर्खेतः संघीय राजधानी काठमाडौंसँग सिधा हवाइ उडान हुँदै आएको कर्णालीको एकमात्र सुर्खेत विमानस्थलको विस्तारमा विवाद उत्पन्न भएको छ । केन्द्र र प्रदेश सरकारको संयुक्त लगानीमा यो विमानस्थलको विस्तारप्रक्रिया अगाडि बढाइएको छ । तर प्रभावित क्षेत्रका नागरिकले भने आफूहरुको उचित पुनस्र्थापना नभएसम्म विस्तारको काम गर्न नदिने बताएका छन्।
यो विमानस्थलमा ठूला जहाज अवतरण गराउन र रात्रीकालिन उडान संचालनका लागि विमानस्थल विस्तार गर्न लागिएको छ । यसका लागि ३० विगाह जग्गा अधिग्रहण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । तर सरकारले आफूहरुको पुनस्र्थापनाका लागि उपयुक्त विकल्प नदिएरै काम अगाडि बढाएको भन्दै स्थानीयले कुनै पनि हालतमा विमानस्थल विस्तार हुन नदिने निर्णय गरेका छन् । स्थानीयले नागरिक सरोकार समिति नै गठन गरेर विस्तारको काम गर्न नदिने निर्णय गरेका हुन् ।
विमानस्थल विस्तार गर्दा अमरज्योति मावि, अमरदीप क्याम्पस र ठूलो संख्यामा स्थानीय बासिन्दा विस्थापीत हुनेछन् । तर आफूहरुसँग समन्वय नै नगरेको, विमानस्थल विस्तारको औचित्य प्रष्ट पार्न नसकेको, पुनस्र्थापना र मुआब्जाबारे उपयुक्त विकल्प नदिएको र विमानस्थल विस्तारमा हुने सरकारी लगानीभन्दा नयाँ स्थानमा विमानस्थलको खोजी गरेमा कम लगानी लाग्ने भन्दै स्थानीयले काम गर्न नदिने अडान लिएका छन् । साथै उनीहरुले यसबारे स्थानीय प्रशासन, नागरिक उड्डयन कार्यालय र प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
स्थानीयलाई पुनस्र्थापनाको विकल्प नै नदिएरकाम अगाडि बढाइएकाले विमानस्थल विस्तार गर्न नदिनेनिर्णय भएको वीरेन्द्रनगरवडा नं. १० का वडाध्यक्ष रत्नबहादुर बुढाले जानकारी दिए ।‘प्रभावितलाई पुनस्र्थापनाको विकल्प विनै विमानस्थल विस्तारको काम थालिएको छ’ उनले भने, ‘स्थानीयलाई पुनस्र्थापनाको विकल्प नदिएरै काम थालेकालेस्थानीय यो निर्णय गर्न बाध्य भएका हुन् ।’सरकारले उपलब्ध गराउने मुआब्जा रकमले पुनस्र्थापना हुन नसक्ने भएपछि विमानस्थलको विकल्प खोज्न आग्रह गरिएको वीरेन्द्रनगर वडा नम्बर १२ का वडाध्यक्ष लोकप्रसाद चालिसेले बताए ।उनले भने, ‘विमानस्थल विस्तारपछि स्थानीयहरु सुकुम्वासी हुनुपर्ने अवस्था छ, यही कारणस्थानीयले विमानस्थलको विकल्प खोज्न आग्रह गरेका हुन् ।’
विमानस्थल विस्तारको काम रोक्न प्रभावित क्षेत्रका बासिन्दालेटीकाराम आचार्यको संयोजकत्वमा नागरिक सरोकार समितिका गठन गरेका छन् । जिल्ला प्रशासन कार्यालय, सुर्खेत विमानस्थल, प्रदेश सरकार रवीरेन्द्रनगर नगरपालिकालाई सुर्खेत विमानस्थल विस्तार गर्नुको साटो नयाँ विकल्प खोज्न आग्रह गरेकोसरोकार समितिका संयोजक आचार्यले बताए । विमानस्थल विस्तार गर्नै परे प्रभावित स्थानीयको पुनस्र्थापना गरेर मात्रै काम अगाडि बढाउनुपर्ने समितिको माग छ ।विमानस्थल विस्तार गर्नुपर्ने अवस्था आए ठाडोको सट्टा तेस्रो धावनमार्ग हुनेगरी विस्तार गनुपर्ने स्थानीयको सुझाव छ । यसो गरिए थोरैजग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको भनाइ छ ।
यता नागरिक उड्डयन कार्यालय सुर्खेतलेजग्गाको किनबेच, नयाँ संरचना निर्माण, हक स्थानान्तरण र धितो बन्धक लगायतका काम रोक्का गर्न आग्रह गरेको छ । यसअघि प्रदेश सरकारले आयोजना गरेको सर्वपक्षीय बैठकले विमानस्थल विस्तार गर्दा अधिग्रहण क्षेत्रभित्रपर्ने जग्गा रोक्का गर्ने निर्णय गरेको थियो । सोहीबैठकको निर्णयअनुसार ३० विगाह जग्गा रोक्का गर्ने कानुनी प्रक्रिया अगाडि बढाएको हो ।विमानस्थल विस्तारका लागि हाल प्राविधिक टोलीले विस्तृत अध्ययन गरिरहेको सुर्खेत विमानस्थलका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए ।
प्रदेश सरकारका प्रवत्ता मन्त्री विमला केसीले स्थानीयको माग सम्बोधनन गरेर विमानस्थल विस्तार गरिने बताइन् । विमानस्थल विस्तार भएमा कर्णालीमा थप विकासको ढोका खुल्ने उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस !