निजगढ विमानस्थलको गुरुयोजना १३ महिनाभित्रै

निजगढ विमानस्थलको गुरुयोजना १३ महिनाभित्रै

काठमाडौं : निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न भारतीय कम्पनीलाई जिम्मेवारी दिइएको छ। गुरुयोजना निर्माण गर्न भारतीय ठेकेदार कम्पनी सिजी–इन्फ्रा–बीडीए जेभीलाई जिम्मेवारी दिइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरव आयोजनाका नायब प्रबन्धक ज्योति थापाका अनुसार गुरुयोजना निर्माण गर्न यही १७ डिसेम्बरमा उक्त कम्पनीसँग सम्झौता भएको हो। गुरुयोजना तयार पार्न प्राधिकरणले करिब ९ महिनाअघि नै टेन्डर आह्वान भएको थियो। १३ कम्पनी इच्छा देखाए पनि ६ कम्पनी सर्ट लिस्टमा मात्रै परेका  थिए।  

तीमध्ये मूल्यांकनका आधारमा सीजी इन्फ्रालाई चयन गरिएको नायब प्रबन्धक थापाले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार सीजी (क्रिएटिभ ग्रुप) र इन्फ्रा भारतीय इन्जिनियरिङ कन्सल्टेन्सी कम्पनी छन् भने बीडीए (बिल्डिङ डिजाइन अथोरिटी) नेपाली इन्जिनियरिङ कन्सल्टेन्सी कम्पनी रहेका छन्। 

उक्त कम्पनीले १३ महिनाको अवधिमा विमानस्थल निर्माणको डिजाइन प्राधिकरणलाई उपलब्ध गराउनेछ। गुरुयोजना निर्माणको लागत करिब ४१ करोड रुपैयाँ छ। यसमा करिब ३० करोड रुपैयाँ योजना निर्माणका लागि र करिब ११ करोड रुपैयाँ विदेशी परामर्शदाताको भुक्तानीका लागि छुट्ट्याइएको थापाले बताए। गुरु योजनाअन्तरगत विमानस्थलको समग्र डिजाइन पर्दछ। ‘गुरुयोजना भन्नाले त्यो एरियामा रनवे कता राख्ने, रनवे २ वा ३ बनाउने, टर्मिनल बिल्डिङको पोजिसन कता राख्दा उपयुक्त हुन्छजस्ता पक्षको अध्ययन गरिनेछ। गुरुयोजना तयार भएपछि पुनः टेन्डर आह्वान गरेर विस्तृत अध्ययन प्रतिवेदनका लागि प्रक्रिया अघि बढाइने थापाले बताए।

पूर्वाधार निर्माण
राष्ट्रिय गौरव आयोजनाअन्तर्गतको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणको काम हालसम्म करिब ४ प्रतिशत सम्पन्न भएको नागरिक उड्डयन प्राधिकरणको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। कोरोना महामारीबीच कतिपय कार्यालय बन्द रहँदा विमानस्थलको पूर्वाधार निर्माणको काम प्रभावित भएको हो।  अहिले पहिलो चरणको कार्यक्रमअन्तर्गत मुआब्जा वितरण, रूख गणनालगायत काम भइरहेको विमानस्थल आयोजना प्रमुख विजय यादवले बताए। मुआब्जा वितरण अन्तरगत पहिलो चरणमा १९ सय हेक्टरमा काम गर्नुपर्ने हुन्छ। त्यसमा पहिले रूखको गणना गर्नुपर्छ। 

यादवका अनुसार डिभिजन वन कार्यालयले १२ ब्लकमा विभाजन गरेर काम गरिरहेको छ। गत आर्थिक वर्षमा दुई वटा ब्लकको काउन्टिङ सकिएको थियो। त्यसमा १ सय ९१ हेक्टरको साना ठूला गरी ५७ हजार ३ सय ५० रूख गणना भइसकेको छ। यो वर्षका लागि पनि रूख गणनाका लागि डिभिजन वन कार्यालयमार्फत यही मंसिरको अन्तिम साता टेन्डर आह्वान गरिएको उनले बताए। मुआब्जा वितरणका लागि काटगाउँमा रहेको १ सय १० बिघामा ६५ बिघाभन्दा बढीको मुआब्जा वितरण भइसकेको प्रमुख यादवले बताए। लकडाउनले गर्दा नापी, मालपोत, भूमिसुधार कार्यालय बन्द भएकाले मुआब्जा वितरण लकडाउनको अवधिमा हुन नसकेको उनले बताए। अहिले फेरि मुआब्जा वितरण सुरु भइसकेको छ। ४४ करोड रुपैयाँभन्दा बढी मुआब्जा वितरण भइसकेको छ। 

विमानस्थल क्षेत्रभित्र पर्न आउने टाँगिया बस्ती र अर्को एक बस्तीका स्थानीय बासिन्दालाई स्थानान्तरणको अध्ययन अन्तिम चरणमा रहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.