वन रक्षक शाहीको चौथो स्मृति दिवस मनाइँदै

वन रक्षक शाहीको चौथो स्मृति दिवस मनाइँदै

ताप्लेजुङ : कार्य क्षेत्रमा खटिएकै अवस्थामा हत्या गरिएका वन रक्षक स्व. गणेश शाहीको चौथो स्मृति दिवस शुक्रबार मनाइएको छ। निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन ताप्लेजुङको आयोजनामा विभिन्न कार्यक्रम भइरहेको छ। 

बिहान सामुदायिक भवनमा स्व. शाहीको तस्बिरमा माल्यार्पणपछि कविता तथा गजल वाचन प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा ट्रेड युनियनका केन्द्रिय अध्यक्ष भोला पोख्रेलसमेत आएका छन्।
कार्यक्रममा सहभागीले शाहीको कामप्रतिको लगाव र साहसलाई आत्मासाथ गर्दै अन्य कर्मचारीले विचलित नभई राष्ट्रसेवामा लाग्नुपर्ने भावका रचना वाचन गरेका थिए। 

दिउँसो शाहीको सालिक अनावरण र अन्तरक्रिया कार्यक्रम रहेको ट्रेड युनियनका सदस्य फुपुग्याबु लामाले जानकारी दिए। डिभिजन वन कार्यालय परिसरमा स्व. शाहीको सालिक निर्माण गरिएको छ। त्यसपछि कर्मचारीहरुको ट्रेड युनियन अधिकार विषयमा अन्तरक्रिया हुनेछ। 

जाजरकोट घर भई इलाका वन कार्यालय खोक्लिङमा कार्यरत शाहीको वि.सं २०७३ साल पौस १७ गते विभत्स हत्या भएको थियो। वनको सिमाना बारेको विवादले उग्ररुप लिँदा आक्रोसमा आएका स्थानीय टेकप्रसाद लिम्बुले शाहीको घाँटी छिनाएर टाउको बोकेर भागेका थिए। उनी हाल जिल्ला कारागार ताप्लेजुङमा छन्। 
कार्य सम्पादन गरिरहेको अवस्थामा हत्या गरिएकाले स्व. शाहीलाई संरक्षक शहीद घोषणा गर्नुपर्ने माग कर्मचारीहरुले राख्दै आएपनि हालसम्म सरकारले घोषणा गरेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.