धर्म प्रचार गर्ने विदेशी निष्काशित

धर्म प्रचार गर्ने विदेशी निष्काशित

काठमाडौं : गृह मन्त्रालयले प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी इसाई धर्म प्रचारमा संलग्न बेल्जियमका एक दम्पतीलाई निष्काशन गरेको छ । उनीहरूले ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा अध्ययनका लागि भिसा लिएका थिए । मन्त्रालयको पुस १६ को ‘सचिवस्तरीय’ निर्णयले वाल्टर स्भेन र लुसिन इभेलियनलाई पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको हो ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले उनीहरु अर्काे साता (पुस २६) मा फर्किन लागेको जानकारी दिए । स्भेन र इभेलियन दम्पतीले हवाई टिकटलगायत आवश्यक कागजपत्र विभागमा पेस गरेका छन् ।

धर्म प्रचार गरेको पुष्टि भएपछि निष्काशन गर्न प्रक्रिया अघि बढाउन लाग्दा उनीहरूले अध्यागमनका कर्मचारीलाई अदालत जाने धम्की दिएका थिए । धर्म प्रचार र परिवर्तन गराउँदै हिँड्नु नेपालको संविधानविपरित भएकाले निष्काशन गर्नुको विकल्प नरहेको भनेपछि उनीहरू विभागले तोकेको जरिवाना तिर्न तयार भएका थिए । त्यसपछि विभागले निष्काशन प्रक्रिया अघि बढाउन उनीहरुको विस्तृत विवरण मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले विभागको प्रस्ताव सदर गरेको हो ।

कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पार्ने काम, व्यवहार गर्न वा गराउन नहुने संविधानमा उल्लेख छ । मन्त्रालयले यसअघि फिलिपिन्स, जापान, अस्ट्रेलियालगायतका ७ विदेशीलाई धर्म प्रचारमा संलग्न भएको पुष्टि भएपछि निष्काशन गरेको थियो ।

पाटन क्याम्पसमा अध्ययन गर्न भिसा लिएका पछिल्ला दुई विदेशी २०७५ सालदेखि पाँचथर फिदिममा बस्दै आएका थिए । जिल्ला प्रशासन कार्यालय पाँचथरले उनीहरूको शंकास्पद गतिविधिबारे मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पत्राचार गरेको थियो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अध्ययन भिसाका लागि विभागमा सिफारिस गरेको थियो । सन २०१४ मा पर्यटक भिसा लिएर पहिलो पटक नेपाल आएका उनीहरूले पटक–पटक पर्यटक र अध्ययन भिसा लिएको देखिन्छ । उनीहरुले पाँचथरलाई आधार क्षेत्र बनाई जिल्लाका फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका र त्यस आसपासका क्षेत्रमा इसाइ धर्म प्रचार गर्दै आएको अनुसन्धानबाट खुलेको छ । उनीहरूले पैसाको प्रलोभनमा आर्थिक अवस्था कमजोर भएका समुदायमा गएर धर्म परिवर्तन गराउन बाध्य पार्दै आएको अनुसन्धानमा खटिएका एक अधिकृतले वताए ।

पाटन क्याम्पसमा स्नातक तहमा भर्ना भए पनि तीन वर्षदेखी पाँचथरमा बस्दै आएका थिए । वाल्टर स्भेन पास्टर हुन् । वाल्टरले पाँचथरमा विभिन्न खेलकुदका कार्यक्रम आयोजना गर्ने र त्यस्ता कार्यक्रमबाट पनि प्रत्यक्ष समुदायमा गएर इसाइ धर्म परिवर्तन गराउँदै आएका थिए । खेलुकुदका कार्यक्रम गराउने र वाध्यवादन सिकाउने वहानामा बेल्जियन दम्पतीले सहजै आर्थिक अवस्था कमजोर भएको समुदायमा पुगि  विभिन्न प्रलोभनमा पारी इसाइ धर्म परिवर्तन गराउन बाध्य पार्दै आएका थिए ।

भिसा दुरुपयोग गरि विदेशी नागरिक धर्म प्रचारलगायत शंकास्पद गतिविधिमा संलग्न हुन थालेपछि विभागले प्रभावकारी अनुगमन गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.