म्युजिक कम्पनीविरुद्ध कानुनी लडाइँमा प्रमोद खरेल

म्युजिक कम्पनीविरुद्ध कानुनी लडाइँमा प्रमोद खरेल

काठमाडौं : म्युजिक कम्पनी र स्रस्टा सर्जकबीच बेलाबेलामा कानुनी झमेला हुने गरेको छ। केही समयअघि पनि म्युजिक नेपाल लगायतका केही म्युजिक कम्पनीले गितकार, संगीतकार र गायकको प्रतिलिपी अघिकार हनन गरेको भन्ने लामै बहस चल्यो। स्रष्टा सर्जक आफ्नो अधिकार सुनिश्रचित गर्ने कानुनी बाटोमा छन्। 

यसपटक गायक प्रमोद खरेल निशानामा परेका छन्। विन्दवासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मीले आफ्नो चरित्रहत्या गरेको र आफ्नो सिर्जनामाथिको अधिकारलाई कुण्ठित गरेको बताएका छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले आफूले आफ्नो सिर्जना अधिकार प्राप्तिको लागि  कानुनी उपचारमा जाने जानकारी दिएका छन्। 

विन्दवासिनी म्युजिक कम्पनीले केही समयअघि कम्पनी रजिस्टारको कार्यालयमा गायक प्रमोद खरेलविरुद्ध एक उजुरी दर्ता गरेको थियो। जसमा आफूले उत्पादन गरेको गीतसंगीतमा खरेलले विनाअनुमती राष्टिय अन्रतरराष्ट्रिय स्टेजमा गाइरहेको आरोप लगाउँदै एक करोड क्षतिपुर्ती पनि माग गरेको थियो। 

विन्दवासिनीको उजुरी विरुद्ध प्रस्तोताको अग्रणी संस्था प्रस्तोता समाज नेपाल सहित विभिन्न सर्जकहरुले प्रमोदलाई साथ दि्दै ऐक्यवद्धता जाहेर गरेका छन्। सुवाष रेग्मी विरुद्ध मानहानी तथा प्रमोदले आफ्नो अधिकार हनन्, करार उल्लघन, तथा प्रतिलिपी अधिकार उल्लघन विरुद्ध न्यायालयमा उजुरी दर्ता गराएका छन्। 

विवाद के थियो ? 

गायक खरेलका अनुसार उनको तेस्रो गीती एल्वम ‘प्रणय’का केहि गीतमा विवाद बढेको हो। जसअनुसार प्रणय एल्वम विक्रि वितरण तथा एल्वम प्रकाशनको लागी प्रमोदले विन्दवासिनी म्युजिक कम्पनीलाई ५ वर्षको लागि सम्झौता गरेका थिए। यसक्रममा कम्पनीबाट उनले एक लाख दश हजार बुझेका थिए। 

एल्बमको पहिलो गीतको भिडियो बनाउन कम्पनीले एक लाख दिने गरी सम्झौता भएको थियो। जसमा २ लाख बराबर प्रमोशन खर्च कम्पनीले गरिदिने  शर्त राखिएको थियो। जसमा कम्पनीले गरेका खर्च गीतको आम्दानी पश्चात प्रमोदको रोयल्टीबाट कटौती गर्ने र त्यसपछि प्रमोद आम्दनीको हिस्सेदार बन्ने सहमती भएको थियो। 

प्रमोदका अनुसार गीतको सबै खर्च मेलै पाउने रोयल्टीबाट असुल गरिएपछि गीतको निर्माता आफू भएको दावी छ। गीतको बाँकी खर्च र विमोचन पनि आफूले गरेको जनाएका छन्। एल्वमको दोस्रो गीत याद गर्न पनि कम्पनीले नबनाएपछि प्रमोदले नै निर्माण गरे। करारमा एल्बमको सम्पूर्ण अधिकार आफूमा रहेको र करार पाँच वर्षको मात्र भएको उनले बताएका छन्। करार सकिएपछि पनि उत्त गीतको अधिकार आफूमा रहेको भन्दै कम्पनी संचालकले आफूलाई बारम्बार मानसिक टर्चर दिने र अन्टसन्ट आरोप लगाउँदै मानहानी गरेको प्रमोदले बताएका छन्। 

प्रमोदका अनुसार कम्पनीले अहिलेसम्मको कुनै हिसाव किताब पनि नबुझाएको  र वार्तामा बस्ने वातावरण पनि नरहेकाले आफू कानुनी उपचारमा जान परेको बताएका छन्। आप्नो एल्वम फिर्ता मागेकै भरमा कम्पनी सन्चालकले गरेको व्यववहारले आफूलाई हतोत्साहित बनाउने प्रयास गरेको आरोप छ। 

सम्झौताबारे प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमालको हस्ताक्षर सहितको विज्ञप्तिमा पनि उल्लेख गरिएको छ। ५७ जना सांगीतीक क्षेत्रका सष्टा बिहीबार महानगरीय प्रहरी परिसर टेकुमा पुगी प्रमोदलाई साथ दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.