राष्ट्रिय एकता दिवसमा शुक्लागण्डकीमा सार्वजनिक बिदा

राष्ट्रिय एकता दिवसमा शुक्लागण्डकीमा सार्वजनिक बिदा

दमौलीः तनहुँको शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार नगर कार्यपालिका कार्यालय अन्र्तगतका शाखा कार्यालय, वडा कार्यालय र सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । 

नगर कार्यपालिकाको बैठकमा स्वीकृत गर्ने गरी बिदा दिने निर्णय भएको नगर प्रमुख किसान गुरुङले जानकारी दिए । 

‘पृथ्वी नारायणले देश एकीकरणको नेतृत्व नलिनुभएको भए हामी अहिलेको अवस्थामा हुने थिएनौं । हामीलाई अहिलेको नेपालमा सान र गर्व छ,’ नगर प्रमुख किसान गुरुङले भने,‘उहाँको त्यो योगदानलाई स्मरण गर्न बिदा दिने निर्णय गरेका हौं ।’

नगरपालिकामा राष्ट्रिय एकता दिवस मनाउनुपर्छ भनेर धेरैको समर्थन समेत रहेको उनले बताए । नगरपालिकाले यस अघि हरिबोधनी एकादशीका दिन पनि बिदा दिएको छ ।  गण्डकी प्रदेश सरकारले नदिए माघे संक्रान्तिमा पनि बिदा दिने नगर प्रमुख गुरुङले जानकारी दिए । ‘माघे संक्रान्ति यस क्षेत्रको ठूलो चाड हो । त्यसमा पनि प्रदेशबाट बिदा नभए हामी बिदा दिन्छौं,’ उनले भने ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.