भारतसँग सीमाबारे छलफल गरिने

भारतसँग सीमाबारे छलफल गरिने

काठमाडौं : नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुुरा फिर्ता पाउनुपर्ने विषय नेपाल–भारत संयुुक्त आयोगको बैठकमा राख्ने भएको छ। भारतको राजधानी नयाँदिल्लीमा शुुक्रबार हुने बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे कुरा उठाउन लागेका हुन्। उक्त बैठकमा भाग लिन मन्त्री ज्ञवाली परराष्ट्रसचिव भरतराज पौडेलसहितको टोलीको नेतृत्व गर्दै बिहीबार दिल्ली पुगेका छन्।

सुगौली सन्धिअनुसार नेपालको भएर पनि भारतले प्रयोग गर्दै आएका उक्त भूमि नेपालले नक्सामा सामेल गरेपछि दुई देशबीच सम्बन्ध बिग्रिएको छ। त्यसलाई पूर्ववत् सौहार्द बनाउने सिलसिलामा कूटनीतिक बैठक सुरु भएका छन्। त्यही क्रममा शुक्रबार हुने बैठकमा नेपालले पहिलो पटक कालापानी, लिम्पियाधुुरा र लिपुुलेकबारे भारतीय पक्षसँग छलफल गर्दै छ। मन्त्री ज्ञवालीले बुधबार अन्नपूर्ण पोस्ट्लाई दिएको अन्तर्वार्तामा यसबारे जानकारी दिएका थिए।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने संयुक्त आयोगको बैठकमा कालापानीका विषयमा छलफल नहुने संकेत गरेका छन्। ‘नेपाल–भारत संयुक्त आयोग र सीमासम्बन्धी छलफल गर्ने संयन्त्र फरक–फरक हुन्’, मन्त्रालयमा बिहीबार भएको नियमित पत्रकार भेटघाटमा प्रवक्ता श्रीवास्तवले भने।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने संयुक्त आयोगको बैठकमा कालापानीका विषयमा छलफल नहुने संकेत गरेका छन्। ‘नेपाल–भारत संयुक्त आयोग र सीमासम्बन्धी छलफल गर्ने संयन्त्र फरक–फरक हुन्’, मन्त्रालयमा बिहीबार भएको नियमित पत्रकार भेटघाटमा प्रवक्ता श्रीवास्तवले भने। पत्रकारले नेपालका परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा आएका बेला नेपाल–भारत सीमा समस्यामा छलफल हुन्छ/हुन्न भनेर प्रवक्ता श्रीवास्तवसँग सोधेका थिए।

मन्त्री ज्ञवालीले बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै छन्। भारतीय पक्षको नेतृत्व त्यहाँका विदेशमन्त्री एस जयशंकरले गर्दै छन्। भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारतीय समकक्षी जयशंकरसँग एकान्त भेटवार्तासमेत गर्नेछन्।

नेपाल–भारत सीमा समस्या सुुल्झाउन सन् २०१४ मा बनेको परराष्ट्रसचिवस्तरीय संयन्त्र केहीयता निष्क्रिय छ। उक्त संयन्त्रको बैठक एकपटक पनि बसेको छैन। संयुुक्त आयोगको बैठकमा सचिवस्तरीय संयन्त्र बैठक तत्काल बसाल्नेबारे छलफल हुनेछ। बैठकमा सीमा समस्यासहित ४० भन्दा बढी विषयमा छलफल हुनेछ। मन्त्री ज्ञवालीले ईपीजी प्रतिवेदन बुुझ्न भइरहेको ढिलाइबारे पनि छलफल गर्नेछन्।

ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने तयारी छ। बैठकपछि उनले नेपाल–भारत सम्बन्धबारे प्रवचन दिने कार्यक्रम छ।

उनले कोरोना खोपबारे पनि छलफल  गर्नेछन्। नेपाल भ्रमण गर्ने सबैजसो भारतीय अधिकारीले भारतमा खोप लगाउन सुरु भएलगत्तै पहिलो प्राथमिकतामा राखेर नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आएका छन्। मन्त्री ज्ञवालीले यथाशक्य चाँडो खोप उपलब्ध गराउन भारतीय प्रधानमन्त्रीसहित उच्च अधिकारीसँग आग्रह गर्नेछन्।

संयुक्त आयोगको बैठकमा यसअघि काठमाडांैमा भएको नेपाल–भारत सचिवस्तरीय बैठकमा उठेका अधिकांश एजेन्डाले निरन्तरता पाउने स्रोतले बताएको छ। सचिवस्तरीय बैठकमा भौतिक पूर्वाधार, ऊर्जा, कृषि, संस्कृति, सीमा, हवाई तथा रेल सञ्जाललगायत द्विपक्षीय हितबारे छलफल भएको थियो। सचिवस्तरीय बैठकमा कालापनी क्षेत्रको विषय उठेको थिएन। तर, भारतीय विदेशसचिव हर्षवद्र्धन शृंगलाले गरेका कतिपय उच्चस्तरीय राजनीतिक भेटमा भने कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषयले प्रवेश पाएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री ज्ञवालीलगायत नेताले शृंगलासँगको भेटमा कालापानी क्षेत्रमा देखिएको विवाद तत्काल हल गर्नुपर्ने सन्देश दिएका थिए। प्रधानमन्त्री ओलीले शृंगलामार्फत कालापानी क्षेत्रमा देखिएको सीमा विवाद संवादबाटै हल गर्न आफू तयार रहेको सन्देश भारतीय समकक्षी मोदीलाई पठाएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.