सहिद दिवसमा व्यास अल्ट्रा म्याराथन

सहिद दिवसमा व्यास अल्ट्रा म्याराथन

दमौलीः सहिद दिवसको अवसर पारी व्यास नगरपालिकाले आयोजना गर्दै आइरहेको व्यास ५ मानुङकोटदेखि व्यास ८ पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता यसपाली पनि हुने भएको छ। व्यास नगरपालिकाले दमौलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसपाली पुरस्कार राशीमा वृद्धि गरिएको जानकारी दिएको छ। 

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ४४ किलोमिटर दुरीको यसपाली प्रतियोगितामा प्रथमका लागि ८५ हजार ७७ रुपैयाँ, दोश्रोका लागि ६५ हजार ७७ रुपैयाँ तथा तेश्रोका लागि ५५ हजार ७७ रुपैयाँ वृद्धि गरिएको छ। 

यसैगरी सान्त्वनाका लागि भने १६ हजार ७७ रुपैयाँ पुरस्कार तोकिएको छ। पुरस्कार रकमको कर नगरपालिका आफैंले बेहोर्ने जानकारी दिइएको छ। विगतमा झैं यसपालि पनि देशैभरबाट प्रतियोगी आउने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक एवं व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।

बिहान साढे ७ बजेबाट मानुङकोटबाट सुरु हुने दौड सिद्ध मार्ग हुँदै अलैंचे, चापाघाट, पृथ्वी राजमार्गबाट दमौली, अनशन चौतारी, सफा सडक तथा भोर्लेटार चोक तथा कलेस्ती, बोटेटार, पाथ्रा, सत्रसय, कालिका मार्ग हुँदै बर्लांची, सोतीबेसी, बगुवा रिस्ती, बाहुनपोखरा हुँदै पुलिमराङ पु्गेर टुंगिनेछ। 

प्रतियोगिताका लागि नौ विभिन्न उप समिति गठन गरिएका छन्। विगतको प्रतियोगिताले यस रुटलाई चिनाउन मद्दत गरेको भन्दै नगर प्रमुख न्यौपानेले यसपालि पनि व्यास नगरपालिकाका यस रुटमा पर्ने क्षेत्रको चिनारीका लागि प्रतियोगिताले भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

यसैगरी महिलाका लागि पनि नगरपालिकाले दौड गर्ने भएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी ऐतिहासिक तनहुँसुरसम्मको हाफ अल्ट्रा म्याराथन प्रतियोगिता पनि गरिने र देशैभरबाट महिला धावकको सहभागितामा प्रतियोगिता हुने व्यास नगर उप प्रमुख मिरा जोशीले जानकारी दिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.