रुकुम घटना : राडी बजारमा लगाइएको कर्फ्यु हटाइयो

रुकुम घटना : राडी बजारमा लगाइएको कर्फ्यु हटाइयो

जाजरकोट : रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ को राडीबजारमा लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले बिहीबार दिउँसो १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा हटाइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र ६ (३ क) बमोजिम मंगलबार बेलुकी ५ बजेदेखि चार किल्ला तोकेर लगाइएको निषेधाज्ञा हटाइएको जानकारी दिए । नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच ६ गते दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा लगाएको थियो । अहिले अवस्था सामान्य रहेको भन्दै प्रशासनले निषेधाज्ञा हटाएको जनाएको छ । 

रुकुम पश्चिमको आठवीसकोट नगरपालिका ९ राडी बजारमा मंगलबार भएको झडपमा घाइते भएका तीन जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ । काँग्रेस नेता एवं ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही, नेपाल विद्यार्थी संघका नेता तेजविक्रम आरसी र काँग्रेस कार्यकर्ता दीपक केसी गम्भीर घाइते भएका छन् ।

आठबीसकोट नगरपालिकाको केन्द्र ९ नम्बर वडाको राडी बजारमा प्रहरी कार्यालयमै छलफलको क्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायर गरेको थियो भने केही सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । बेलुकी ५ बजे राडी बजारमा निषेधाज्ञा जारी गरिएपछि भीड तितरवितर भएको थियो ।

बुधबार इलाका प्रहरी कार्यालय आठबीसकोटमा छलफल चलिरहेकै समयमा नेकपा (दाहाल–नेपाल) समूहका कार्यकर्ताले आक्रमण गर्दा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाही, नेविसंघका जिल्ला उपाध्यक्ष तेजबिक्रम आरसी, कांग्रेस क्रियाशिल सदस्य दीपक केसीसहित पाँचजना घाइते भएको कांग्रेसले जनाएको छ ।

दुबै राजनीतिक दलका कार्यकर्ता बीच आठबिसकोटमा खानेपानी, बस काउन्टरलगायतका विषय विवादका मुख्य विषय भएको स्थानीयको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.