प्रचण्ड कम्युनिस्ट आन्दोलनका ‘भाइरस’ : शंकर पोखरेल
पाल्पा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केही नेताको लोभका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनमा पुगेको बताएका छन् ।
शनिबार नेकपा केपी ओली पक्षीय अगुवा कार्यकर्ता भेलालाई तानसेनमा सम्बोधन गर्दै पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी अनुसार पार्टी एकताको काम नगर्न पार्टी फुटेको आरोप लगाए ।
‘नेताहरुमा कतिसम्म पदलोलुपता र सत्ता प्राप्तिको हतारो रहेछ भन्ने घाम झै छर्लङ्ग भएको छ’, उनले भने, अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न संसदीय दलको नेता, महाधिवेशनमा हारे पनि पार्टी अध्यक्ष माधव नेपाल, राष्ट्रपतिको लोभमा झलनाथ खनाल हो यिनै स्वार्थको कारण नेकपा विभाजनको स्थितिमा पुगेको छ ।’
नेता पोखरेलले अध्यक्ष पचण्ड कम्युनिस्ट आन्दोलनको भाइरस भएको आरोप समेत लगाए । उनले प्रचण्ड जहाँ गयो त्यही पार्टी फुटेको भन्दै यस्तो आरोप लगाएका हुन् । ‘कम्युनिस्ट आन्दोलना प्रचण्ड भाइरस जस्तै भएका छन्। प्रचण्ड जहाँ छिरे त्यहा एकीकरण भन्दा पनि टुट फुट हुन्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस !