निकुञ्जले गर्‍यो ठूलो परिमाणमा हतियार बरामद

निकुञ्जले गर्‍यो ठूलो परिमाणमा हतियार बरामद

डोल्पा : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ठूलो परिमाणमा हतियार बरामद गरेको छ। निकुञ्ज क्षेत्रबाट ३३ थान भरुवा बन्दुक र दुई नालसहित ८ जना पक्राउ गरेको हो। 

निकुञ्जले मध्यवर्ति क्षेत्रमा पर्ने जगदुल्ला गाँउपालिकाको काईगाँउ,हुरिकोट,माझगाँउ,झयाकोट, तथाछाँचुबाट ठुलो परिनाममा भरुवा बन्दुक बरामद गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए। 

पौडेलकाअनुसार निकुञ्जको गस्तिमा रहेको टोलीले अबैधरुपमा कस्तुरीको चोरी सिकारी गर्ने ८ जना पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भै रहेको बताए। चोरी सिकार गर्नेहरुले अबैध रुपमा लुकाएर राखेका भरुवा बन्दुक निकुञ्जलाई बुझाउन स्थानीय र जनप्रतिनिधिले निकै ठूलो सहयोग गरेको भन्दै पौडेलले धन्यवाद प्रकट गरे। 

निकुञ्जको संरक्षण क्षेत्रमा पनि स्थानीय केहि व्यक्तिले लुकीछीपी कस्तुरी लगायत अन्य वन्यजन्तुको सिकारी गर्ने गरेको सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको र कारवाहीको लागि निकुञ्जको हिरासतमा राखेर अनुसन्धान भै रहेको निकुञ्जले जनाएको छ। 

यस अगाडि निकुञ्जले ३७ थान भरुवा बन्दुक,एक कटुवा पेस्तोल,१० वटा ईन्सास राइफलको गोली बरामद गरेको थियो। हालसम्म निकुञ्जले विभिन्न मितिमा ७० वटा भरुवा बन्दुक बरामद गरी सकेको छ। निकुञ्जले घरमा राखिएका हतियार बुझाउन सार्वजानिक सुचना जारी गर्दा पनि नबुझाएपछि निकुञ्जले गस्तिबाट सुचनाका आधारमा विभिन्न स्थानबाट भरुवा बन्दुक बरामद गरेको दाबी गरेको छ। 

पछिल्लो समय निकुञ्जले संरक्षण क्षेत्रमा गस्ति बढाएपछि अबैध रुपमा चोरी सिकार गर्नेहरु भागाभाग भएका छन। निकुञ्जमा मध्यवर्ति क्षेत्र,सामुदायिक बन,चोरी सिकारी नियन्त्रण ईकाइ भएपनि स्थानीय केहि व्यक्तिले भने चोरी सिकार गरिरहेका छन्। 

स्थानीयको नागरिकको सुचना,स्थानीय सरकारको सहकार्य तथा प्रहरी र अन्य निकायको सहकार्यमा निकुञ्जले चोरी सिकार गर्नेहरु पक्राउ गर्नुका साथै हतियारसमेत बरामद गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.