नाबालक राजनको हत्यारा साढे ४ वर्षपछि पक्राउ

नाबालक राजनको हत्यारा साढे ४ वर्षपछि पक्राउ

वीरगन्ज : अभद्र व्यवहारको आरोपमा पक्राउ परेकाको छानबिन गर्दा वीरगन्जमा साढे ४ वर्षअघि मारिएका नाबालकको हत्यारा पत्ता लागेको छ।

प्रहरीले पर्साको बहुदरमाई नगरपालिका–२ घर भइ वीरगन्ज महानगरपालिका–१४ राधेमाईमा बस्ने १९ वर्षीय रेयन महत्तो कम्करलाई ९ वर्षे राजन पटेलको हत्या अभियोगमा पक्राउ गरेको हो। राजनको हत्या ०७३ सालमै भए पनि प्रहरीले उनको हत्यारा पत्ता लगाउन सकेको थिएन।

अभद्र व्यवहार कसुरमा केही दिनअघि पक्राउ परेका कम्करमाथि अनुसन्धान गर्दा उनी राजनको हत्यामा संलग्न रहेको पत्ता लागेको पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजीत कुँवरले जानकारी दिए। हत्यामा कम्करको संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले पत्रकार सम्मेलन गरि शुक्रबार सार्वजनिक गरेको हो। उनी प्रहरी हिरासतमा छन्।

पर्साको तत्कालीन रामनगरी गाविस–८ (हालको बहुदरमाई नगरपालिका–८) निवासी विनोद पटेलका छोरा राजनको शव वीरगन्ज–१४ चिनी मिल आवास क्षेत्र नजिकको झाडीमा ०७३ साल असोज २० गते बिहान भेटिएको थियो। काका बृजकिशोर पटेलसँग वीरगन्जमा बस्ने राजन असोज १९ गते साँझ साथीहरुसँग दशैं मेला हेर्न गएका थिए।

राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गर्दा असोज २० मा आँखा, पेट र हातमा धारिलो हतियारले प्रहार गरेको अवस्थामा उनको शव फेला परेको थियो। डिएसपी कुँवरका अनुसार मेला गएका बेला कम्करले ललाइफकाइ सुनसान ठाउँमा समलिंगी संसर्ग (अप्राकृतिक मैथन) गर्न खोजेको तर राजनले नमानेपछि उनको घाँटी बटारेर हत्या गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.