चुनाव भए कांग्रेस जनतामा जान तयार छ : डा. रामशरण महत

चुनाव भए कांग्रेस जनतामा जान तयार छ : डा. रामशरण महत

नुवाकोट : संसद् विघटनको विरोधमा आन्दोलनरत नेपाली कांग्रेसका नेता डा. रामशरण महतले देशमा चुनाव हुने निश्चित भएको अवस्थामा कांग्रेस चुनावबाट पछाडि नहट्ने बताएका छन्। डा. महतले देशमा संविधान अनुसार राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा कांग्रेस रहेको उल्लेख गर्दै विधिको शासन र स्थायी शान्ति तथा संविधानको संरक्षणका लागि कांग्रेस सदा क्रियाशील रहने बताए। 

नुवाकोटको विदुरमा शनिबार प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री समेत रहेका डा. महतले कांग्रेसले संसद् विघटनलाई गैह्र संवैधानिक भनिरहेको अवस्थामा देशमा चुनाव हुने स्थिति सिर्जना भएमा कांग्रेस जनतासँग अनुसमोदनका लागि आफ्ना एजेण्डाहरुसहित जाने बताए। कानुन तथा संविधानको संरक्षणका लागि कांग्रेस क्रियाशील रहेको उल्लेख गर्दै डा. महतले नेकपाभित्रकै विवादका कारण संसद विघटन हुन पुगेको आरोप लगाए। 

डा. महतले देशमा कानुनको संरक्षणका लागि जो कोहीले अदालतको ध्यानाकर्षण गर्न सक्ने भए पनि कानुन अनुसार गरिएका सर्वोच्च अदालतको निर्णय सर्वस्वीकार्य हुने बताए। उनले कसैले पनि कानुनभन्दा माथि रहेर अदालतलाई हस्तक्षेप गर्न नसक्ने उल्लेख गर्दै अदालतबटसमेत कानुनको संरक्षणका लागि उचित निर्णय नै आउने विश्वास व्यक्त गरे। 

'कांग्रेस देशमा संसद् पुर्नस्थापना हुनु पर्छ भनेर आन्दोलनरत छ। तर, देशमा चुनाव हुने निश्चित भएमा कांग्रेस सहभागी हुन्छ', उनले भने,  'अहिलेको अवस्थामा देश आइपुग्नु नेकपाभित्रैको सत्ता प्राप्तिको लडाइँ हो। यसले संविधानमाथि प्रहार भएको छ।' उनले सत्तारुढ दलभित्रैको विवादले देश र संविधानमाथि आक्रमण भएको टिप्पणी गरेका छन्। 

सरकारको कदमको विरोध गर्ने क्रममा डा. महतले कांग्रेसले कम्युनिष्टको सत्तालिप्साको खुलेरै प्रतिवाद गर्ने पनि बताए।  'अरुलाई सत्ता लोलुपताको आरोप लगाउने कम्युनिष्ट नै को प्रधाननमन्त्री हुने भन्ने लडाइँले संविधानमाथि आक्रमण भएको हो। प्रधानमन्त्री केपी शर्माओलीले गरेको प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएकोले पार्टी अहिले आन्दोलनमा छ', उनले भने, ' अब संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले निर्णायक आन्दोलन गर्ने छ। सरकारले चालेको कदमविरुद सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने अहिले आवश्यकता हो।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.