सर्वोच्चले संसद् पुनर्स्थापना गर्छ : पौडेल

सर्वोच्चले संसद् पुनर्स्थापना गर्छ : पौडेल

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने दाबी गरेका छन् ।  तनहुँको दमौलीमा भ्रातृ संस्थाले आयोजना गरेको विरोध सभामा बोल्दै उनले आशाको एक मात्र ठाउँ अदालतसमक्ष रहेको बताए ।‘प्रधानमन्त्रीले सनकको आधारमा जनताका प्रतिनिधिलाई फेस गर्न नसकेर प्रतिनिधि सभा भंग गरेका छन्,’ उनले भने,‘अब आशाको ठाउँ एक मात्र बाँकी छ । अदालतले पुनसर्थापना गर्छ र अवैधानिक कदमलाई वैधानिक बनाउँछ ।’

प्रधानमन्त्री मुख्य कलप्रिट, राष्ट्रपति पनि दोषी
पौडेलले प्रतिनिधि सभा विघटनमा प्रधानमन्त्री मुख्य दोषी भएको भन्दै त्यसमा राष्ट्रपतिको पनि भूमिका रहेको जिकिर गरे । ‘यसमा प्रधानमन्त्री मुख्य कल्प्रिट हुन्,’ उनले भने,‘राष्ट्रपतिको पनि यसमा दोष छ ।’

प्रधानमन्त्रीको व्यक्तिगत महत्वाकांक्षा र जनताका प्रतिनिधिलाई सामना गर्ने आँट नभएका कारण प्रतिनिधि सभा भंग भएको उनले आरोप लगाए । 

उपचार पुनर्स्थापना​ मात्र
पौडेलले प्रतिनिधि सभा विघटन गर्ने अवस्था प्रधानमन्त्रीसामु नभएको भन्दै यसलाई असंवैधानिक भने । उनले यसको उपचार प्रतिनिधि सभाको पुनर्स्थापना मात्र भएको भन्दै त्यसो भए मात्र पद्दती ट्रयाकमा आउने जिकिर गरे । उनले कांग्रेस यसमा स्पष्ट हुनुपर्ने भन्दै पार्टीलाई एक हुन आग्रह गरे । ‘कांग्रेस यसमा द्विविधामा हुनु हुन्न,’ उनले भने,‘म सारा पार्टीका कार्यकर्तालाई प्रतिगमनविरुद्ध एक हुन आह्वान गर्छु ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.