महोत्तरीमा लाठी चार्ज गरेर प्रहरीले राजमार्ग खुलायो : केही प्रदर्शनकारी घाइते

महोत्तरीमा लाठी चार्ज  गरेर प्रहरीले  राजमार्ग खुलायो : केही प्रदर्शनकारी घाइते

बर्दिबास : प्रहरीले लाठी चार्ज गर्दै महोत्तरीको बर्दिबासमा आन्दोलनकारीले बन्द गरेको राजमार्ग खुलाएको छ । बिहानैदेखि प्रचण्ड- नेपाल पक्षका नेकपाका कार्यकर्ताले पूर्व -पश्चिम राजमार्गअन्र्तगत महोत्तरीको बर्दिबासमा राजमार्ग बन्द गराएका थिए ।

एसपी, डीएसपी नेतृत्वको टोलीले बल प्रयोग गर्दै राजमार्ग खुलाएको छ ।प्रहरीले स्कटिङ गरेर गणतव्यतर्फ सवारीसाधन पठाइरहेका छन् । बर्दिबास बन्द गराउन नपाइने भन्दै केपी ओली पक्षका कार्यकर्ता र स्थानीयले नाराबाजी गर्दै बन्द सडक खुलाउन प्रहरीलाई दबाब दिएका थिए । ५ घण्टादेखि राजमार्ग  खुलाउन प्रयासरत रहेका प्रहरी टोलीले त्यसपछि लाठी चार्ज गर्दै सडक खुलाएको हो ।

संसद विघटन र संवैधानिक आयोगमा प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कदमविरुद्ध प्रचण्ड र माधव पक्षका कार्यकर्ताले बर्दिबाससहित देशैभरी आमहड्ताल गरेको छ ।  

प्रहरी र आन्दोलनकारी बीच भएको झड्पमा नेकपा प्रदेश २ का सदस्य शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणी पोखरेल, वडा सदस्यनिरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गानालगायत घाइते भएका छन् । उनीहरुको हात, खुट्टा र टाउको चोट लागेको छ । वडा नम्बर ३ काअध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ । बिहानैदेखि आन्दोलनकारीले बर्दिबास बजार, कलकरखाना, शैक्षिक संस्थाहरु बन्द गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.