विद्युत् निर्यात गर्छौं : प्रधानमन्त्री ओली

विद्युत् निर्यात गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गरेका छन्। साथै प्रधानमन्त्री ओलीले सोही आयोजनाअन्तर्गत कुश्मा नगरपालिका–२ खुर्कोटस्थित २२०/१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित २२०/१३२/३३ केभी सबस्टेसनको पनि उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले प्रसारण लाइन र दुई सबस्टेसनको बिहीबार काठमाडौंबाट भर्चुअल विधिमार्फत उद्घाटन गरेका हुन्।  

उद्घाटन कार्यक्रमलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकबाट लोडसेडिङ अन्त्य भई नेपाल विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको दोहोर्‍याए। विद्युत् उत्पादन र प्रसारणतर्फका निर्माणाधीन आयोजना सम्पन्न भएपछि नेपाल छिमेकी देशलाई विद्युत् बिक्री गरी आयआर्जन गर्न सक्षम हुने उनको भनाइ थियो। यसअघि ढल्केवर सबस्टेसन उद्घाटनका क्रममा पनि प्रधानमन्त्री ओली यही नै अभिव्यक्ति दिएका थिए। मन्त्री रायमाझीले प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेकाले अब दोस्रो खण्ड निर्माणमा केन्द्रित हुन प्राधिकरणलाई निर्देशन दिए। 

कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कालीगण्डकी नदी बेसिनमा निर्माणाधीन र आगामी दिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइनको पूर्वाधार तयार भएको बताए। उनले दोस्रो खण्डको निर्माणलाई पनि तीव्रता दिन हर सम्भव प्रयास भइरहेको उल्लेख गरे। कुश्मामा भएको उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्साल, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उपकार्यकारी निर्देशक रामजी भण्डारी, दीर्घायूकुमार श्रेष्ठ, मनोज सिलवाललगायत सहभागी थिए। 

कालीगण्डकी र यसका सहायक नदीमा  निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो। करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ। 

३९.६ किलोमिटर लम्बाइ भएको पहिलो खण्डको प्रसारण लाइनमा ११० वटा टावर छन्। प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको ४० मेगावाटको रघुगंगा जलविद्युत् आयोजनाले निर्माण गर्ने ४ वटासहित यस खण्डमा ११४ वटा टावर रहने छन्।  दाना सवस्टेसनमा ३३.३३ एमभीएका तीनवटा र २५ एमभीएको एउटा पावर ट्रान्सफर्मर जडान भएका छन्। खुर्कोट सवस्टेसनमा ३३.३३ एमभीएका तीन वटा गरी १००/१०० एमभीएका ट्रान्सफर्मर जडान भएका छन्। यी सबस्टेसनमार्फत त्यस क्षेत्रमा पनि विद्युत् वितरण गरिनेछ। 

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत अगाडि बढाइएको आयोजनाको पहिलो खण्ड र सबस्टेसन निर्माणका लागि टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक कम्पनीको संयुक्त उपक्रम (जेभी)सँग २ अर्ब ७४ करोड रुपैयाँमा २४ अप्रिल २०१६मा ठेक्का सम्झौता भएको थियो। कम्पनीले ३० मे २०१६ बाट निर्माण सुरु गरेको थियो। आयोजनाको परामर्शदाता पावर ग्रिड कर्पोरेसन अफ इन्डिया छ। जग्गा विवाद, वनसम्बन्धी समस्या, जग्गा अधिकरणमा समस्या जस्ता कारणले गर्दा सम्झौतामा भएको भन्दा झण्डै २ वर्षपछि यो प्रसारणलाइन निर्माण सम्पन्न भएको हो।

दाना सवस्टेसनअन्तर्गत घलेम्दीखोला ५ मेगावाट, १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला जोडिनेछन्। घलेम्दीखोला र थापाखोला सञ्चालित आयोजना हुन भने मिस्ट्रिखोला आयोजना परीक्षण उत्पादनको तयारीमा छ। परीक्षण सकिनेबित्तिकै मिस्ट्रिखोलाको बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.