लकडाउनको प्रेमपछि छैटौं विवाह

लकडाउनको प्रेमपछि छैटौं विवाह

लस एन्जेलस : अभिनेत्री पामेला एन्डरसन ५३ वर्षको उमेरमा फेरि विवाह बन्धनमा बाँधिएकी छन्। उनले एक गोप्य समारोहमा आफ्नै बडिगार्ड डेन हैहर्स्टसँग विवाह गरेकी हुन्। 

डेलीमेल डट को डट यूकेको रिपोर्टअनुसार, बेवाचकी पूर्वस्टार लकडाउनका क्रममा बडिगार्ड हैहर्स्टको प्रेममा परेकी थिइन्। उनले क्रिसमस इभको मौका पारेर क्यानडाको भ्यान्कुभर द्वीपस्थित आफ्नो घरको मैदानमा निजी समारोह आयोजना गरी विवाह गरेकी हुन्। जानकारीअनुसार यो उनको छैटौं विवाह हो। एन्डरसनले डेली मेल टीभीसँग भनिन्, ‘म ठीक त्यही स्थानमा छु जहाँ म हुनुपथ्र्यो। एक यस्तो व्यक्तिको अँगालोमा जसले मलाई साँचो प्रेम गर्छ।’ 

एन्डरसनले विवाहका तस्बिर र भिडियो अनलाइनमा सेयर गरेकी छन्। उनीहरू गत वर्ष लकडाउनको सुरुआतमा भेटिएका थिए र त्यसपछि साथै थिए। एन्डरसनले लेखेकी छन्, ‘यो एक वर्षले एकसाथ सात वर्षको अनुभव गराएको छ।’ एन्डरसनलाई ‘बेवाच’ मा उनको ग्ल्यामरस छविका लागि विश्वभर चिनिन्छ र यो टीभी धारावाहिकले उनलाई लोकप्रिय बनायो। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.