बाहिर विरोध गरे पनि कांग्रेसले चुनावको तयारी गरेको छ : मुख्यमन्त्री गुरुङ

बाहिर विरोध गरे पनि कांग्रेसले चुनावको तयारी गरेको छ : मुख्यमन्त्री गुरुङ

दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेसले बाहिर विरोध गरे पनि भित्र चुनावको तयारी गरिरहेको दाबी गरेका छन्। प्रधानमन्त्रीको कदम असंवैधानिक भनेर भने पनि कांग्रेसले चुनावको तयारीका लागि नै वडास्तरसम्म कार्यक्रम गरेको जिकिर गरे। 

तनहुँको भानु नगरपालिका पुरनडिहीस्थित नगर अस्पतालको भवन शिलान्यास कार्यक्रममा उनले भने,‘सरकारले चुनाव गराउँछु भन्दा चाहिंदैन भन्ने प्रतिपक्ष पनि कहीं हुन्छ? कांग्रेसले समस्या पर्छ भनेर प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक हो भने पनि क्षेत्र, पालिका र वडास्तरसम्म सभा गरेर चुनावको तयारी गरिरहेको छ।’

कांग्रेसको भरमा परेर प्रधानमन्त्रीको विरोधमा नजान पनि उनले नेकपाको प्रचण्ड–नेपाल नेतृत्वलाई सुझाव दिए। ‘कांग्रेस तपाईंको पक्षमा हुँदैन’, उनले भने,‘कांग्रेस न्यायालयको फैसलाको पक्षमा रहेको छ। उसको भर परेर नबस्नुस्।’

गुरुङले विपक्षीले अविश्वासको प्रस्ताव नगरे पनि सत्तापक्षकै नेताबाट ६४ प्रतिशत मतप्राप्त दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव आएपछि बाध्य भएर जनतामाझ गएको जिकिर गर्दै यो गलत नभएको बताए। ‘पदको बार्गेनिङ र सौदाबाजी गर्दिनँ भनेर प्रधानमन्त्री जनतामा जानुभएको छ’, मुख्यमन्त्रीले भने,‘लोकतन्त्रमा जनतामा जान्छु भन्नुलाई कसरी गलत भन्न सकिन्छ ?’

प्रचण्डलाई प्रधानमन्त्री र माधव नेपाललाई प्रधानमन्त्री चाहिएकाले काम गर्न नदिइएको बताएका मुख्यमन्त्री गुरुङले आफैंले हारेकालाई अध्यक्ष पद दिने कुरा नहुने बताए। ‘चैत २५ महाधिवेशनसम्म कुर्न नसक्नुको कारण के हो ?’, उनले भने, ‘कसको ईशारा र मिलेमतो हो ? के भाकल हो ?’अविश्वासको प्रस्ताव त कांग्रेस जनता समाजवादीबाट आउनुपर्ने भन्दै उनले पार्टीभित्रको विभिषणका कारण देश अहिलेको अवस्थामा पुगेको टिप्पणी गरे। 

कार्यक्रममा विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो नेतृत्वमा क्षेत्रमा धेरै विकासका काम भैरहेको दाबी गरे। गत मंसिर १५ गते उद्घाटन तय भए पनि प्रमुख अतिथिको विवादका कारण शिलान्यास हुन नसकेको पुरनडिही नगर अस्पतालको मुख्यमन्त्री गुरुङले शिलान्यास गरेका हुन्। 

भानु नगर प्रमुख उदयराज गौलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरु रामबहादुर गुरुङ र डोवाटे विक, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्लेलगायतले बोलेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.