जलविद्युतको सुरुङमा कार्यरत दुई मजदुरको ढुंगाले लागेर मृत्यु

जलविद्युतको सुरुङमा कार्यरत दुई मजदुरको ढुंगाले लागेर मृत्यु

ताप्लेजुङ: ताप्लेजुङमा निर्माणाधिन ७३ मेगावाटको मिडिल तमोर जलविद्युत आयोजनाको सुरुङमा काम गर्ने दुईजना मजदुरको ढुंगाले लागेर मृत्यु भएको छ ।

उदयपुरका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुरका २८ वर्षीय सन्तोष बानियाको शनिबार दिउँसो मृत्यु भएको हो ।

आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमका अनुसार शनिबार दिउँसो सुरुङ खन्ने क्रममा ढुंगाले लागेर उनीहरुको मृत्यु भएको हो । ‘सुरुङ निर्माण गर्ने क्रममा सपोर्ट लगाइरहेको समयमा माथिबाट लडेको ढुङ्गाले लागेर घटनास्थलमै मृत्यु भएको हो’

आयोजनाका भुगर्भविद् सूर्य लिम्वूले बताए ।

मिक्वाखोला गाउँपालिका–२ को थुम्वाबाट फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनतर्फ सुरुङ खन्ने क्रममा दुर्घटना भएको हो । सँगै काम गरिरहेका अरु कामदार भने सकुशल रहेको लिम्बूको भनाइ छ ।

आयोजना अन्तर्गत १ हजार ३ सय ९७ मिटर सुरुङ निर्माण भएको छ । मिक्वाखोलामा आउटलेट र फक्ताङलुङमा हेडबक्स छ । उक्त आयोजना सानिमा मीडिल तमोर हाइड्रोपावर लिमिटेड कम्पनीले निर्माण गरिरहेको छ । २०७४ सालमा निर्माण सुरु भएको आयोजना २०७८ मा सक्ने लक्ष्य छ । सुरुङ ३ हजार ३ सय ६७ मिटर निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.