धरान कोरोनामुक्त

धरान कोरोनामुक्त

धरान : सुनसरीको धरान उपमहानगरपालिका कोरोना मुक्त भएको छ। उपमहानगरपालिकाका २० वटैवडामा संक्रमितको संख्या शून्य भएपश्चात् धरान कोरोनामुक्त उपमहानगर बनेको हो। धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले धरान उपमहानगर कोरोनामुक्त बनेको बताएका छन्। 

उनले एक सातायताका सबै स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। कोरोना संक्रमितको संख्या न्यून भएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालसमेत खाली भएको छ।  आइतबारदेखि कोभिड अस्पतालमा बिरामी भर्ना हुन छाडेपछि कोभिड अस्पताल पनि खाली भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिएका छन्। उनले कोरोना संक्रमितको संख्या न्यून भए पनि स्वास्थ्य सावधानीलाई निरन्तरता दिन जरुरी रहेको बताएका छन्। 

कोरोनाका कारण सुनसरीमा १ सय ४५ जना सर्वसाधारणले ज्यान गुमाएका छन्। सुनसरीमा ८ हजार ३ सय ७९ जनालाई कोरोना संक्रमण देखापरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। उनले अधिकांशसंक्रमित अधिकांश निको भइसकेको जिल्लाको जनजीवन सामान्य भइसकेको बताए। कोरोना संक्रमितको संख्या न्यून रहेपनि कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय पालनालाई निरन्तरता दिन जिल्लावासीलाई प्रजिअ ढकालले आग्रह गरेका छन्। 

कोरोनामुक्तभएसँगै कोभिड अस्पतालसमेत सुनसान बनेको छ। प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न आउने बिरामीको संख्यासमेत धेरै न्यून रहेको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिएका छन्। उनले प्रतिष्ठानको कोभिड अस्पतालमा १ सय २१ जनाको उपचारका क्रममा निधन भएको बताए। प्रतिष्ठानमा ७हजार ८ सय २२ जनाको कोरानो रिपोर्ट पोजेटिभ आएको र १ हजार १ सय १९ जना कोभिड अस्पतालमा भर्ना भई निको भएर घर फर्किएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.