सल्लेरी लोडसेडिङ मुक्त

सल्लेरी लोडसेडिङ मुक्त

सोलुखुम्बु : विद्युत् विस्तार भएको ३० वर्षपछि सोलुखुम्बुको सल्लेरी क्षेत्र लोडसेडिङ मुक्त बनेको छ। २०४७ सालमा सोलुखोलाबाट उत्पादन भएको विद्युत् बालेका सल्लेरीवासीले विद्युत् कटौतीको मार त खेपेकै थिए अन्य समयमा समेत बारम्बार कटौती हुँदा आजित बनेका थिए।

उपभोक्ताले लोडसेडिङ अन्त्य हुनुपर्ने भन्दै पटकपटक सल्लेरी च्याल्सा विद्युत् कम्पनी उपभोक्ता समितिको ध्यानकर्षणसमेत गराउँदै आएका थिए। सञ्चालक समितिले उपभोक्तालाई एक महिनाभित्र लोडसेडिङ अन्त्य गर्ने भनी गरेको प्रतिबद्धता फागुन १६ मा पूरा भएको छ। 

बर्खा याममा विद्युत् कटौती नगर्ने कम्पनीले चिसो मौसम सुरु भएसँगै तालिका सार्वजनिक गर्ने गरेको छ। कम्पनीका महाप्रबधक भोजराज तिवारीले भने, ‘चिसौ मौसममा यहाँका सरकारी कार्यालयदेखि निजी घरमा समेत विद्युतीय सामग्रीको अत्यधिक प्रयोग हुनेगर्छ। 

जसले गर्दा लोड बढी हुँदा विद्युतीय मेसिन नै बन्द हुने समस्या थियो। उपभोक्ताको समस्या समाधानका लागि कम्पनीले विद्युत् प्राधिकरणसँग पीपीए नै गरेको छ।’  २०७६ माघ महिनामा सोलुखुम्बुमा विद्युत्को केन्द्रीय प्रसारण लाइन आएसँगै यहाँको समस्या समाधानका लागि नगरपालिका प्रमुखदेखि सांसदसमेत लागि परेका थिए।

लामो समयको प्रयासपछि च्याल्सा विद्युत् कम्पनीको विद्युत्मा केन्द्रीय प्रसारण लाइन जोडेसँगै यहाँको समस्या पनि हटेको छ। पछिल्लो समय पनि दैनिक तीन घण्टा लोडसेडिङको मार खेपिरहेका सल्लेरीवासीको समस्या आइतबारदेखि समाधान भएको छ। 

शुक्रबारदेखि च्याल्सा जलविद्युत् आयोजनाको विद्युत्मा राष्ट्रिय प्रसारण लाइन जोडेर परीक्षण भइरहेको कम्पनीका महाप्रबन्धक तिवारीले बताए। जसको लागि करिब ४० लाख खर्चमा सिग्मा कोण कम्पनीले काम गरेको थियो। 

नेट मिटरिङ विधिबाट केन्द्रीय प्रणालीमा जडान गरी च्याल्सालाई अपुग विद्युत् लिने र खपत हुन नसकेको विद्युत् पठाउने काम भएको छ। २०४७ सालमा स्विस सरकार, विद्युत् प्राधिकरण र स्थानीयवासीको ३३/३३ प्रतिशत लगानीमा निर्माण गरिएको सल्लेरी च्याल्सा विद्युत्को क्षमता ६७० किलोवाट रहेको छ। 

उक्त विद्युत् सदरमुकाम सल्लेरी, फाप्लु, गार्मा, बेनीसहित आसपासका करिब २३ सय घरधुरीले प्रयोग गरिरहेका छन्। तर, पनि बारम्बार विद्युत् अनियमित हुँदा विद्युतीय सामग्री बिग्रिने गरेको उपभोक्ताको गुनासो छ। 

जिल्ला नै लोडसेडिङ मुक्त गराउन पहल जिल्लामा लोडसेडिङ अन्त्य गर्ने सवालमा सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पा, प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी र संघीय सांसद हेमकुमार राई (शूरवीर) ले प्राधिकरण र विद्युत् कम्पनीबीच बारम्बार छलफल गरेको बताउँदै आएका थिए। 

सोलुखुम्बुलाई उज्यालो जिल्ला बनाउने महाअभियानमा जुटेको भन्दै संघीय सांसद हेमकुमार राई (शूरवीर)ले गाउँगाउँमा विद्युत् विस्तारको काम भइरहेको बताए। अबको तीन वर्षभित्र उज्यालो जिल्ला निर्माणको अभियानमा जुटेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.