गुरुलाई गाउँपालिकाको दक्षिणा

गुरुलाई गाउँपालिकाको दक्षिणा

डोटी : शिक्षकलाई प्रोत्साहन र सम्मान गर्न डोटीको केआईसिंह गाउँपालिकाले गुरु दक्षिणा दिने भएको छ। सामुदायिक विद्यालयका सबै शिक्षकलाई वार्षिक एक हजार दुई सय रुपैयाँ दिने तयारी गरिएको हो। 

गुरु पुर्णिमाको अवसर पारेर मासिक एक सय रुपैयाँ वितरण गरिने गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिए। सिकाइ पद्धतिलाई प्रभावकारी र व्यवस्थित बनाउन यस्तो अभ्यास सुरु गरिएको उनले बताए। ‘पछिल्लो समय सरकार, समाज र विद्यार्थी अभिभावकले समेत शिक्षकलाई हेर्ने दृष्टिकोण विगतको जति सकारात्मक छैन’, शाहीले भने, ‘गुरु भगवान् सरहको भूमिकामा हुन्छन् भन्ने दर्साउन गाउँपालिकाले गुरु दक्षिणा दिने निर्णय गरेको हो।’ 

केआईसिंह गाउँपालिकाका सामुदायिक विद्यालयमा २ सय ६ जना शिक्षकशिक्षिका कार्यरत रहेका गाउँपालिका शिक्षा शाखाका निमित्त प्रमुख तेजबहादुर ऐरले जानकारी दिए। केन्द्र र प्रदेश सरकारले शिक्षकलाई सम्बोधन गर्न नसकेकाले स्थानीय तहको यो कार्यले हौसला बढेको सरस्वती मावि रानागाउँका प्रधानाध्यापक मीन रानाले बताए। राना जस्तै उत्साहित छन् भुवनेश्वरी आधारभूत विद्यालयका शिक्षक हरि सुदामा जैसी। केआईसिंह बाहेक सुदूरपश्चिम प्रदेशमा अन्यत्र यस्तो अभ्यासको तयारी गरिएको छैन। 

गाउँपालिकाले दलित, अति विपन्न, अपांग, अनाथ तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरिएको सो गाउँपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख ऐरले बताए। गत वर्ष कक्षा ११ र १२ का ४२ र ९ र १० मा अध्ययनरत सय छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको उनले जानकारी दिए। विद्यालयले कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम तयार गरिसकेको छ। आगामी शैक्षिकसत्र देखि स्थानीय पाठ्यक्रम पठनपाठन गर्ने तयारी भएको ऐरले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.