प्रदेश १ मा कार्यरत दुई प्रहरी जवान सर्वोत्कृष्ट

प्रदेश १ मा कार्यरत दुई प्रहरी जवान सर्वोत्कृष्ट

विराटनगर : प्रदेश १ मा कार्यरत नेपाल प्रहरीका दुई जवान सर्वोत्कृष्ट घोषित भएका छन्। कार्यक्षमताका आधारका प्रदेशबाटै सर्वोत्कृष्ट हुने प्रहरी जवानहरुमा ज्ञानबहादुर बस्नेत र अशोककुमार राई रहेका छन्। 

अपराध अनुसन्धान र नियन्त्रणका क्रममा फागुन महिनामा उत्कृष्ट काम गरेका प्रहरी कर्मचारीका रुपमा पुरस्कृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले उनीहरुलाई सर्वोत्कृष्ट घोषित गरेको हो। बस्नेत जिल्ला प्रहरी कार्यालय मोरङ र राई प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहमा कार्यरत छन्। 

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तबरले कर्तव्यपथमा तल्लीन रहेको भन्दै उनीहरुलाई फागुन महिनाको ‘वेष्ट पुलिस अफ दी मन्थ’ घोषित गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएपी विपिन रेग्मीले बताए। उनका अनुसार बस्नेतको दरबन्दी प्रहरी चौकी कर्सिया मोरङ र राईको प्रहरी चौकी हर्कपुर ओखलढुंगा हो। 

जघन्य प्रकृतिका विभिन्न अपराधिक घटनाको अनुसन्धान सफल बनाउन र सीमा क्षेत्रबाट हुने चोरीतस्करी नियन्त्रणमा बस्नेत र राईको भूमिका महत्वपूर्ण रहेको जानकारी रेग्मीले दिए। अपराध नियन्त्रण, अनुसन्धान तथा प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै नागरिक–प्रहरी सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेका दुवै जनालाई प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले सर्वोत्कृष्ट घोषित गरेका हुन्। 

प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश १ भरी कार्यरत प्रहरी कर्मचारीमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ। सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा प्रदेशअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा एक महिनासम्म राखिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.