प्रजिअसहितको टोलीद्वारा गड्डाचौकी नाका निरीक्षण

प्रजिअसहितको टोलीद्वारा गड्डाचौकी नाका निरीक्षण

महेन्द्रनगर : कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रामकुमार महतोसहित जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले गड्डाचौकी नाकाको स्थलगत निरीक्षण गरेका छन्।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र भइरहेका बेलामा भारतबाट नेपाल आउनेमा कोरोना संक्रमण देखिन थालेपछि सीमा नाकाको अवस्था बुझ्न टोली नाकामा गएको हो।

निरीक्षणमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदी, शसस्त्र प्रहरी उपरीक्षक स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनार, भगतपुर ब्यारेकका गुल्मपति लगायतले नाकामा रहेको हेल्थ पोष्टको अवस्था चेकजाँच र नाकाको अवस्था बारे जानाकरी लिएका थिए। त्यसै गरी स्वास्थ्य कार्यालयले भारतबाट फर्किनेलाई मास्क समेत वितरण गरेको छ। 

स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भारतबाट फर्केकालाई कोरोना, मलेरीया लगायतका रोगहरुबाट सुरक्षित गर्न सकिन्छ त्यसको व्यवस्थापनको पाटो निरीक्षण गर्न नाकामा पुगेको बताए।'कोहि व्याक्ति आएर घरसम्म पुग्नको लागि मास्क अनिवार्य प्रयोग गर्ने भन्ने उदेश्यका साथ हामीले मास्क समेत वितरण गरेका छौं', प्रमुख सुनारले भने, 'मास्क प्रयोग गर्दा आफू पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित बनाउँछ।' जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख उमाप्रसाद चर्तुवेदीले नाकाहरुमा प्रहरीले सक्रियता बढाएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.