खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

राजविराज : विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ।

राजविराजमा सम्पन्न शनिबारको फाइनलमा खडकले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई १ रनले पराजित गरी उपाधि हात पारेको हो। उपाधिसहित खडक वारियर्सले ३ लाख रुपैयाँ हात पार्‍यो भने रुपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ पायो। 

बजाज खडक वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १४५ रन बनाउन सक्यो। रुपनी राईडर्सको लागि निरज मुखियाले ३ चौका र ४ छक्काको सहयोगमा अविजित ५२ रन बनाए। खडकको बलिंगमा अनिल खरेल र गोमानन्द अमात्यले समान ३ विकेट लिए। भुलावन सहनीले २ र पवन सर्राफले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको खडकले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १४६ रन बनाएको थियो। खडकका लागि ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाए। अर्का ओपनर अनिल शाहले २९ रन, कप्तान विवेक यादवले २२ रन तथा भुलावन सहनीले अविजित १३ रन बनाए।

रुपनीको बलिंगमा अनिल यादवले सर्वाधिक ३ विकेट लिए। सुनिल धमला र कुशल भुर्तेलले समान १ विकेट लिए।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका खडक वारियर्सका अनिलकुमार शाहले २५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३३४ रन बनाए। प्रतियोगिताकै उत्कृष्ट बलर चुनिएका बिशाल सुश्लिंग र उत्कृस्ट ब्याट्सम्यान चुनिएका अनिलकुमार शाहले जनही १५ हजार प्राप्त गरे। विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिए।
    
विजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहलगायतले पुरस्कार वितरण गरे।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.