संघर्ष नै साथी (फोटो फिचर)

संघर्ष नै साथी (फोटो फिचर)

महोत्तरी (पर्साहिधाप) : कुमारी मोक्तान १८ महिने नाती प्रनिषालाई बोकेर आलु  खन्दै छिन्। उनका छोरीछारी खनेको आलु माटोबाट  टिपेर बोरामा राख्दैछन्। ४८ वर्षीय कुमारीलाई जिन्दगीमा दुःखले कहिले छोडेन। कठोर संघर्षलाई नै उनले जीवनको नजिकको साथी बनाएकी छन्।

महोत्तरीको बर्दिबास-३ पर्साहिधापकी कुमारीको निन्द्र बिहान खुकुरा बासेपछि खुल्छ। निन्द्रा खुलेपछि उनी दैनिक २० घण्टासम्म कठोर परिश्रम गर्छिन्। 

चुरेबाट झण्डै आठ किलोमिटर पश्चिम कच्ची र पक्की सडक छिचोल्दै, झुलुङ्ग पुल पार गर्दै पर्साहिधाप गाउँमा पुगिन्छ। जहाँ कुमारी मोक्तानको परिवारसहित अन्य ७० घरपरिवार २०२४ सालदेखि बस्दै आएका छन्।

दुई छोरी कविता, रमिता र अर्का  छोरालाई उनले पिठ्युँमा बोकेर हुर्काएको उनी सुनाउँछिन्। यस्तो दैनिकी कुमारीको मात्रै होइन्। त्यो गाउँभरीका महिलाको दैनिकी हो।

कुमारीले दुई वर्षअघि छोरी कविताको विवाह गरिन्। जेठी छोरी कविताको १८ महिने दुधेछोरी छन्। आमासँगै सुत्केरी कविता काममा खटिन्छिन्। उनकी छोरीलाई कुमारीले हुर्काउँछिन्। उनले नातिनी प्रनिषालाई काँखमै बोकेर खेतै पुग्न बाध्य हुन्छिन्। आलीमा राख्दा रोएपछि पिठ्युँमै बोकेर उनले पितृत्व दिएर हुर्काउँदै आएकी छन्। 

‘जिन्दगीमा कति दुःख गरियो ? त्यो नसोध्नुस्,’ नातिनीलाई पिठ्युँमा बोकेर बारीमा आलु खन्दै गरेकी उनले भनिन्,‘अहिले घरमा ट्याक्टर छ। पहिला त मैले पिठ्युँमा सन्तान बोकेर हलो जोतेर खेती लगाउँथेँ।’ उनका श्रीमान् पूर्णबहादुर मोक्तान बर्दिबास नगरपालिका वडा नम्बर-३ का वडा सदस्य छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा उनी वडा सदस्यमा जितेका थिए।

‘पहिला उहाँले भान्छादेखि खेतबारीको काम सहयोग गर्नुहुन्थ्यो। अहिले जनताको सेवा श्रीमान् खटिनु भएको छ। घरको सबै काम मेरो काँधमा आएको छ,’ उनले भनिन्।

पूर्णबहादुर अहिले पुस्तौदेखि सुकुम्बासीको जीवन बिताई रहेका गाउँलेलाई बस्दै आएको, जोतेको जग्गाको लालपूर्जा दिलाउन काम गर्दैछ।

बर्दिबास नगरपालिकाले उनको गाउँमा जग्गाको नापी टोली पठाएको छ। त्यही टोलीलाई बिहानदेखि साँझसम्म उनले वडा कार्यालयको तर्फबाट जनताको दैलोदैलोमा टोली लिएर पुगिरहेका छन्।

वडा सदस्य पूृर्ण पनि सुकुम्बासी नै छन्। उनको घरबारी गरेर १ विघा जग्गा छ। अब जग्गाको लालपूर्जा पाउनेमा उनी आशावादी छन्। ‘हामी २०२४ सालदेखि बस्दै आएको जग्गाको लालपूर्जा पाउँछौं, जग्गाधनी बन्छौं,’ कुमारीले अन्नपूर्णसँग भनिन्।

सिचाईंको अभावले खेती किसानी गर्ने किसानलाई पर्साहिधापमा समस्या भइरहेको छ। वडा अध्यक्ष राजन ढुङ्गानाका अनुसार, खेतखेतमा सिचाईंको व्यवस्था गर्न पक्की कुलोको निर्माण काम भइरहेको छ। कुलो निर्माणका लागि बर्दिबास नगरपालिकाले गत वर्ष ३० लाख विनियोजन गरेको थियो। कुलोको २० प्रतिशत काम अझै अधुरै छ। खोल्सीमा पुल बनाएर कुलो बनाउनुपर्छ। त्यसका लागि २५ लाख खर्च हुन्छ।

पर्साहिधापमा अधुरा कुलो निर्माण गर्न आवश्यक बजेट छट्याउन इन्जिनियरको टोलीलाई स्थलगत रुपमा पठाउने बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बताए।

‘त्यहाँका किसानले चैते धानखेती गर्छन्। त्यसका लागि सिचार्इं र अनुदानमा रसायनिक मल, सागसब्जीका बिउबिजन प्राविधक टोलीको व्यस्थापन मिलाउन लागेका छौं’, उनले भने।
 
कुलोको निर्माण काम सकिएपछि १ सय विघामा बाह्रै महिना सिचार्इं पुग्नेछ। दश वर्षअघि पर्साहिधाप पुग्न रातु खोलामा झुलुङ्गे पुल जडान भएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.