ललितपुर पाटनमा सूर्यमानको घोडेजात्रा ( फोटो फिचर )

ललितपुर पाटनमा सूर्यमानको घोडेजात्रा ( फोटो फिचर )

ललितपुर : आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशसहित विशिष्ट व्यक्तित्वको उपस्थितिमा घोडोजात्रा मनाइएको छ । उता ललितपुर पाटनमा भने सूर्यमान महर्जनले छुट्टै घोडेजात्रा मनाएका छन् । 

सूर्यमानले एक्लै घोडा कुदाएर जात्रा मनाएका हुन् । घोडालाई पूजा गरेर उनले बल्खुटोलबाट जात्रा सुरु गरेका थिए । उनी त्यहाँबाट पाटनका भित्री गल्लीको परिक्रमा गरेर भोलढोका पुगे । भोलढोकाबाट बालकुमारीसम्म पटकपटक घोडा कुदाएका उनले स्थानीयले पान खुवाएपछि घोडेजात्रा समापन गरेका हुन् । 

उनले यस पटक नेपाली सेनाको घोडा प्रयोग गरेर पाटनमा जात्रा मनाएका हुन् । विगतका वर्षमा भने घरमे पालेको घोडालाई जात्रामा प्रयोग गरिदै आएको थियो ।  पाटनमा एक जनाले घोडा चढेर जात्रा मनाउने पुरानो प्रचलन हो ।

सूर्यमान घोडामा चढेर घोडेजात्रामा सहभागी हुँदै गर्दा पाटन क्षेत्रका बालबालिका घोडाको अगाडि र पछाडि दौडिरहेका देखिन्थे । उनले आफूसँगै दौडिने र आफूलाई रोचकताका साथ हेर्ने सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.