रसुवामा टिप्पर दुर्घटना : दाजुभाइको मृत्यु, वडाध्यक्ष गम्भीर घाइते

रसुवामा टिप्पर दुर्घटना : दाजुभाइको मृत्यु, वडाध्यक्ष गम्भीर घाइते

नुवाकोट : रसुवामा टिप्पर दुर्घटना हुँदा एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ। मृतकमध्ये एक जना शिक्षक रहेका छन्। रसुवाको कालिका गाउँपालिका- २ स्याउबारीस्थित पासाङल्हामु मार्ग (धुन्चे–कलिकास्थान–बेत्रावती) सडकखण्डमा ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बा ०१–००६ ख १६८८ नम्बरको खाली ट्रिपर दुर्घटना हुँदा सहोदर दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। दुर्घटनामा स्थानीय वडाध्यक्ष गम्भीर घाइते भएका छन्। 

सामान लिनका लागि जाँदै गरेको टिप्पर सडकबाट दुई सय मिटर तल खसेर भएको दुर्घटनामा रसुवाकै कालिका गाउँपालिका-१ ग्राङ घर भएका २७ वर्षीय राजेन्द्र तामाङ र उनका भाई २५ वर्षीय सागर तामाङको मृत्यु भएको रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए। राजेन्द्र स्थानीय ग्राङ आधारभुत विद्यालयका शिक्षक हुन् भने भाई सागर सोही टिप्परका चालक हुन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको रसुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल रसुवाले जनाएको छ। बुधबार मध्यराती भएको दुर्घटनामा बिहीबार बिहान उक्त घटनास्थलमा स्थानीयवासी र प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा रसुवाको कालिका गा.पा. वडा नं. १ का वडाध्यक्ष ३४ वर्षीय मालफुर्पा तामाङलाई गम्भीर अवस्थामा भेटिएपछि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा लगेर उपचार भइरहेको छ। 

घटनास्थलबाट एकसय ५० मिटर तल खोल्चामा फेला परेका घाइते वडाध्यक्षको दुवै खुट्टामा र छातीमा चोट लागेको छ। रसुवाको कालिका गाउँपालिका–२, स्याउबारीमा टिप्पर दुर्घटना हुँदा बेपत्ता भएका वडाध्यक्ष मालफुर्पा भेटिएका हुन्। गएराति दुर्घटना हुँदा कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफूर्पा तामाङ बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उनलाई बिहीबार घाइते अवस्थामा फेला पारिएको हो। 

उनको बाहिरी चोट नदेखिएको र भित्री चोट हुन सक्ने भएकाले त्रिशूली अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए। दुर्घटनामा गम्भीर घाइते तामाङ दाजुभाइको भने उपचारको क्रममा धुन्चे अस्पतालमा मृत्यु भएको हो।

रसुवाको राम्चेबाट बेत्रावती जाने क्रममा ट्रिपर सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। दुर्घटना भएको जानकारी राती पौने एक बजेतिर प्रहरीलाई आएको थियो, रसुवा प्रहरीले भन्यो, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.