मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्को घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्को घाइते

भक्तपुर : भक्तपुर–काठमाडौं ६ लेन सडकअन्तर्गत मध्यपुर थिमि नगरपालिका ४  एसएस चोकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मोटरसाइक चालक भने घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बा ५३ प ६९३८ नम्बरको मोटरसाइकलको पछाडि सवार काभ्रेपलाञ्चोकको धुलिखेल नपा १० बस्ने ३२ वर्षीय महेश शाहको घटनास्थलमै क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक धुलिखेल नपा १० नै बस्ने २२ वर्षीय महेन्द्र शाह घाइते भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अनुसार घाइते महेन्द्रको अवस्था गम्भीर रहेको छ । उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बायाँतर्फको रेलिङमा ठक्कर खाई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीको कमाण्डमा प्रहरी टोली दुर्घटनास्थल पुगेको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उद्धार गरी उपचारको लागि मध्यपुर अस्पताल पुर्‍याएको भक्तपुर प्रहरीले जनाएको छ । अस्पताल पुर्‍याउँदापुर्‍याउँदै मोटरसाइकलको पछाडी सवार महेशलाई सम्बन्धित चिकित्सकले मृत घोषित गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

उनले मादक पदार्थ सेवन गरी तीव्र गतिमा लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाउँदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.