हात्तीको आक्रमणबाट किसानको मृत्यु

हात्तीको आक्रमणबाट किसानको मृत्यु

राजविराज : गहुँको रखवारी गर्न कुरुवा बसेका एक किसानको शुक्रबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको छ । कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको हात्तीको आक्रमणमा परी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको आरक्षका वार्डेन अशोक रामले जानकारी दिए ।

काटेर खेतमा राखिएको गहुँको रखबारी गर्न बसेका प्रमाणीको छातीमा हात्तीले कुल्चेर मृत्यु भएको स्थानीय गंगाप्रसाद साहले बताए । घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको छ । घटनास्थल मुचुल्कापछि शवलाई पोस्ट्मार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको वार्डेन रामले बताए ।

हात्तीको आक्रमणबाट मृत्यु भएका नारायण प्रमाणीको शव हेर्न उर्लिएको भीड । 

कोशी नदी पश्चिम किनार गोलघर नजिक केरा खेतीसँगै किसानहरुले गहुँबाली लगाउने गरेका छन् । मृतकका एक श्रीमती, एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने २१ वर्षीय छोराको वैशाख १३ गते विवाह निश्चित गरिएको थियो । 

सप्तरी, सुनसरी हुँदै भारत जाने जङ्गली हात्तीलाई सीमावर्ती क्षेत्रमा रोक्न भारतले हात्ती जाने बाटोमा नयाँ प्रविधिको सोलार फेन्सिङ तारवार लगाएको छ । बिहीबार सुनसरीमा १४ वटा हात्तीमध्ये ५ वटा देखिएको बताउँदै वार्डेन रामले सोलार तारवारले भारततर्फ जान नपाएका हात्ती सप्तरी प्रवेश गरेको बताए । 
हात्तीको उपद्रो बर्सेनि बढ्दै जाँदा पूर्वोत्तर सप्तरीको भारदह, हनुमाननगर, कञ्चनरुप, सप्तकोशी, अग्नीसाइर कृष्णसवरण, रुपनी, शम्भुनाथ, सुरुङ्गालगायतका नगरपालिका र गाउँपालिका बढी मात्रामा प्रभावित छन् । हात्तीको आक्रमणकै कारण सप्तरीमा बर्सेनि पाँच, सात जनाको ज्यान जाने गरेको तथ्याङ्क छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.