बैकिङ कसुरका फरार अभियुक्त पक्राउ
![बैकिङ कसुरका फरार अभियुक्त पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/aparadhi-pakrau_20201013045541_0nA85OsraB.jpg)
राजविराज: काठमाडौंमा बैंकिङ कसुर गरी फरार एक अभियुक्त सप्तरीबाट पक्राउ परेका छन् ।
सप्तरीको राजविराज नगरपालिका–१६ बोरियास्थित घरमा लुकिछिपी बसेको अवस्थामा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई शुक्रबार पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा राजबिराज नगरपालिका– १६ का करण कुमार दास रहेका छन् । दासविरुद्ध उच्च अदालत पाटनको संयुक्त वाणिज्य ईजलासले बैंकिङ कसुर मुद्दामा गत मङ्सिर १५ गते १० दिन कैद र १२ लाख जरिवाना ठहर गर्दै फैसला सुनाएको थियो ।
पक्राउ परेका दासलाई फैसला कार्यान्वयनका लागि शुक्रबार नै सप्तरी जिल्ला अदालत बुझाइने जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जनाए ।
काठमाडौं महानगरपालिका–४ घर भएका नवमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक डिल्लीप्रसाद भट्टराईले दासविरुद्ध उजुरी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)