भक्तपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

भक्तपुर: भक्तपुर-काठमाडौँ ६ लेन सडकअन्तर्गत भक्तपुर नगरपालिका १ चुनदेवीमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

प्रदेश नं. ३–०२–०११ छ ८२५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडक किनारको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बाँकेको नेपालगञ्ज घर भइ हाल काठमाडौंको पुतलीसडक बस्ने २० वर्षीय सूर्य ओली र भोजपुरको चौकीडाँडा गाउँपालिका घर भइ हाल पुतलीसडक नै बस्ने १८ वर्षीय सुमन गिरीको मृत्यु भएको थियो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले उक्त मोटरसाइकल सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गर्दा उक्त दुर्घटना भएको जानकारी दिए ।

दुर्घटनामा परेकालाई उद्धार गरी मध्यपुर थिमि नपा ४ स्थित मध्यपुर अस्पताल लगिएको उनले बताए । प्रहरीकै गाडीमा अस्पताल पुर्‍याइएका उनीहरुको उपचार हुँदाहुँदै मृत्यु भएको उनको भनाइ थियो ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार सूर्यको टाउको र छातीमा र सुमनको टाउकोमा गम्भीर चोट पुगेकोले बचाउन नसकिएको चिकित्सकले जानकारी दिएका थिए ।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ भक्तपुर–काठमाडौं ६ लेन सडकको सल्लाघारी चोकमा ड्युटीमा रहेको प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

'घटनास्थल नजिकै रहेको एक घरको सीसीटीभीको अभिलेख हेर्दा उक्त मोटरसाइकल अनियन्त्रित भई सडक किनाराको बारमा ठोक्किई दुर्घटना भएको देखियो,' प्रहरी नायब उपरीक्षक गिरीले भने, 'तीव्र गतिमा रहेको उक्त मोटरसाइकललाई अन्य कुनै सवारीसाधनले ठक्कर दिएको देखिँदैन ।'

उनका अनुसार दुर्घटनामा परेको मोटरसाइकल सडक किनाराको बारमा ठोक्किइ उछिटिएर सडकमा समेत घिस्रिएको थियो । दुर्घटनास्थलको प्रकृति हेर्दा अन्य सवारीसाधनले ठक्कर दिएको वा ठक्कर खाएको कुनै प्रमाण नदेखिएको उनको भनाइ थियो ।

प्रत्यक्षदर्शीहरुले पनि तीव्र गतिमा रहेको उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको जानकारी दिएको उनले स्पष्ट पारे ।
तै पनि अन्य सवारीसाधनले ठक्कर दिएर अनियन्त्रित भइ दुर्घटना भएको हो कि भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.