श्रीमानको हत्या गर्ने महिला ५ वर्षपछि पक्राउ

श्रीमानको हत्या गर्ने महिला ५ वर्षपछि पक्राउ

भक्तपुर: विषादीयुक्त खाना खुवाइ श्रीमानको हत्या गरेको ५ वर्षपछि एक महिला पक्राउ परेकी छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले धादिङको साविक मूलपानी गाविस २ घर भइ हाल भक्तपुरको सूर्यविनायक नपा ४ दधिकोटमा डेराकोठा गरी बस्ने २९ वर्षीया पार्वती थापा मगरलाई श्रीमान ३२ वर्षीय विष्णु थापामगरको कर्तव्य गरी मारेको आरोपमा बुधबार पक्राउ गरेको हो ।

श्रीमानको हत्यापछि विदेश भाग्न सफल उनलाई नेपाल फर्केको करिब २ महिनापछि वैशाख ८ गते दधिकोटस्थित डेरा कोठाबाट नियन्त्रणमा लिन भक्तपुर प्रहरी सफल भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले परपुरुषसँग रहेको सम्बन्ध खुल्ने डरले विषादीयुक्त खाना खुवाएर श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिइन् ।

उनका अनुसार श्रीमानको हत्यापछि प्रहरीले थालेको अनुसन्धान तथा भिषेरा परीक्षणको रिपोर्ट नआउँदै पार्वती जोर्डन भागेकी थिइन् । भिषेरा रिपोर्टमा पार्वतीले नै विषादीयुक्त खाना खुवाएर श्रीमानको हत्या गरेको पुष्टि भएपछि उनी प्रहरीको खोजी सूचीमा परेकी थिइन् ।

घटनाअनुसार वैदेशिक रोजगारबाट नेपाल फर्केको भोलिपल्टै विष्णुलाई श्रीमती पार्वतीले विषादीयुक्त खाना खुवाएकी थिइन् । वैदेशिक रोजगारीमा गएको २२ महिनापछि अर्थात २०७२ साल माघ २७ गते विष्णु नेपाल फर्किएका थिए । उनी भक्तपुरको सूर्यविनायक नपा ४ दधिकोटस्थित डेराकोठामा श्रीमती पार्वती, एक छोरा र एक छोरीसँग बस्दै आएका थिए । घटना भएको दिन माघ २८ गते पार्वतीले छोराछोरीलाई अघिल्लो दिन बेलुकाको बासी खाना खुवाइ स्कुल पठाइसकेपछि श्रीमान विष्णुको लागि भनेर छुट्टै दाल, भात र तरकारी पकाएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरी बताउँछन् ।

उनका अनुसार पार्वतीले विष्णुको लागि भनेर भात, गहतको दाल र अण्डा करी बनाएकी थिइन् । ‘भात, गहतको दाल र अण्डा करी खाँदा विष्णुलाई उकुसमुकुस भई सास फेर्न अप्ठ्यारो भएपछि तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो’, उनले थपे, ‘उपचारको क्रममा सोही दिन दिउँसो विष्णुको मृत्यु भएको थियो । श्रीमानको मृत्यु भएपछि श्रीमती पार्वतीले नै ज्यानसम्बन्धी कसुरमा प्रहरीकहाँ जाहेरी दर्खास्त दिएकी थिइन् ।’

उनकै जोहेरीको आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा मृतकको भिषेरा, घटनास्थलबाट उठाइएको गहतको दाल, अण्डा करी, खाना (भात) तथा मुछिएको खानासमेतको परीक्षणको लागि सम्बन्धित प्रयोगशाला पठाइएको थियो ।
उक्त परीक्षणको रिपोर्ट घटना भएको करिब ३ वर्षपछि अर्थात २०७४ साउन ९ गते प्राप्त भएको थियो । उक्त रिपोर्टमा मृतकको भिषेरा, घटनास्थलबाट उठाइएको गहतको दाल, अण्डा करी र मुछिएको खाना कीटनाषक विषादी फेला परेको उल्लेख थियो । तिर भिषेरालगायतको रिपोर्ट नआउँदै हत्यामा संलग्न पार्वती जोर्डन पुगिसकेकी थिइन् । तैपनि उक्त रिपोर्टको आधारमा मृतकका भाइ लोकबहादुर थापामगरले २०७४ साल पुस २७ गते कर्तव्य ज्यान शीर्षकमा मृतककी श्रीमती पार्वतीविरुद्ध किटानी जाहेरी दर्खास्त दिएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए ।

जिल्ला अदालत भक्तपुरबाट वैशाख ८ गते पक्राउ आदेश जारी गरेर पार्वतीलाई सूर्यविनायक नपा ४ दधिकोटस्थित डेराकोठाबाट पक्राउ गरिएको थियो । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.