भक्तपुरमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

भक्तपुरमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । यहाँको मध्यपुर थिमि नपा निवासी पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

यससँगै भक्तपुरमा संक्रमणको कारण मर्नेको संख्या एकसय २९ पुगेको छ । जसअनुसार ८४ पुरुष र ४५ जना महिला रहेका छन् ।कार्यालय प्रमुख कृष्ण मिजारले संक्रमित थप एक पुरुषको मृत्युसँगै मध्यपुर थिमि नपामा मात्रै मर्नेको संख्या ४३ पुगेको जानकारी दिए । 

जसअनुसार २९ पुरुष र १४ महिला रहेका छन् । भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको छ । यहाँका २९ पुरुष र १६ महिलाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् ।सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ ले संक्रमणको कारण ज्यान गुमाउँदा चाँगुनारायण नपाका ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ ।

खोप लगाएका १३ जना संक्रमित

भक्तपुरमा कोरोना भाइरस विरुद्धको खोप लगाएकाहरुमा पनि धमाधम संक्रमण देखिन थालेको छ । स्वास्थ्य कार्यालयका प्रमुख मिजारले एकैदिन एकसय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १३ जना खोप लगाएकाहरु रहेको बताए ।

खोप लगाउँदा पनि स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमण भएको देखिएको उनले स्पष्ट पारे ।उनले खोप लगाउँदा संक्रमण हुँदैन भन्ने भ्रम बढेकोसमेत सुनाए ।
‘अहिले खोप लगाएपछि कोरोना भाइरस संक्रमणबाट बच्छ भन्ने भ्रम बढेको छ’, प्रमुख मिजारले भने, ‘खोप लगाएपछि सामाजिक सञ्जालमा देखिएका भनाइले पनि त्यसलाई पुष्टि गर्छ ।’ त्यसैले खोप लगाउँदैमा कोरोना संक्रमण हुँदै हुन्न भन्ने भ्रम नपाल्न उनले आग्रह गरे ।

‘स्वास्थ्य मापदण्ड पालना नगरे खोप लगाए पनि संक्रमण हुन्छ’, उनले थपे, ‘फेरि खोपको दुइटै डोज लगाउँदा मात्रै संक्रमण भए पनि सिकिस्त बिरामी नहुने हो । हेलचेक्राई गरे संक्रमण त हुन्छ हुन्छ ।’

एकैदिन एकसय १८ जना नयाँ संक्रमित थपिएसँगै भक्तपुरमा सक्रिय संक्रमितको संख्या ७ सय ७५ जना पुगेका छन् । जसअनुसार मध्यपुर थिमि नपामा सबैभन्दा बढी एकसय ६३ पुरुष र एकसय १४ महिला गरी २ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।

मध्यपुर थिमिपछि सूर्यविनायक नपमा एकसय ४३ पुरुष र एकसय २० महिला गरी २ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । भक्तपुरमा मध्यपुर थिमि र सूर्यविनायक नपामा कोरोना भाइरस संक्रमणका दृष्टि हटस्पट सावित हुँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख मिजारले भक्तपुर नपामा ६८ पुरुष र ५६ महिला गरी एकसय २४ जना र चाँगुनारायण नपामा ४१ पुरुष र ३५ महिला गरी ७६ जना सक्रिय संक्रमित रहेको जानकारी दिए ।

उनका अनुसार सक्रिय संक्रमितमध्ये २९ पुरुष र २२ महिला गरी ५१ जना अस्पतालको आइसोलेसनमा रहेका छन् । जसअनुसार ४ सय ८ पुरुष र ३ सय १६ महिला गरी ७ सय २४ जना होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरमा संक्रमितको संख्या १० हजार ५ सय ५५ पुगेको छ । जसमध्ये ५ हजार ४ सय २९ पुरुष र ४ हजार २ सय २२ जना महिला गरी ९ हजार ६ सय ५१ जना डिस्चार्ज भएका छन् ।

भक्तपुरमा कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य पनि जोडतोडका साथ भइरहेको छ तर खोप लगाउँदा देखिएको भीडले उल्टै संक्रमण बढाउने हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.