छोरी हत्या आरोपमा जन्मकैद

छोरी हत्या आरोपमा जन्मकैद

राजविराज : प्रेम विवाह गर्न चाहेकी छोरीको हत्या गरेको अभियोगमा उनका बुवालाई मङ्गलबार जन्मकैदको सजाय भएको छ।जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको इजलाशले सप्तरीको बलान बिहुल गाउँपालिका-४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई जन्मकैद सजायको फैसला भएको हो। 

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार घटनास्थलबाट पक्राउ परेका बडहीलाई जन्मकैदको सजाय भएको छ भने फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ। 

प्रहरीले जनाएको घटना विवरण अनुसार १६ वर्षीया सरीताकुमारी बडहीले भारतमा विवाहिता उनकी दिदीका देवरसँग प्रेम गर्थिन्। एउटै घरमा विवाह गर्न घरपरिवारले मञ्जुरी दिएन्। घरपरिवारले मञ्जुरी न दिए पनि प्रेमीसँगै विवाह गर्ने सरीताले अडान राखिन्। आवेगमा आएका बुवाआमाले सरीतालाई कुटपिट गरे। सोही क्रममा उनको मृत्यु भयो। कुटपिट गरेको स्वीकारे पनि हत्या गरेको भने बडहीले अस्विकार गर्दै आएका छन्। 

सरिताको ०७५ माघ १४ गते हत्या भएको आरोपमा प्रहरीले तुरन्तलाललाई ०७५ माघ १५ गते पक्राउ गरेको हो। मृतकको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाले तुरुन्तलाललाई पक्राउ गरेको थियो। 

आमाबुवा नै आरोपित रहेको देखिए पछि घटनास्थलको अनुसन्धान पश्चात प्रहरी प्रतिवेदनको आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाले उजुरी दर्ता गर्‍यो। भित्रबाट चुकुल नलागेको कोठाको भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको केही भागमा चोटपटकको निलडाम समेत देखिएकाले प्रहरी प्रतिवेदनका आधारमा उजुरी दर्ता भएको थियो। 

तत्कालै पक्राउ परेका तुरन्तलाल भने जिल्ला अदालतको आदेशमा ०७५ फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.