भेरी अस्पतालका आठ जना डाक्टरसहित ७३ जनामा कोरोना

भेरी अस्पतालका आठ जना डाक्टरसहित ७३ जनामा कोरोना

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका आठ जना डाक्टरसहित ७३ कर्मचारीलाई कोरोना संक्रमण भएको छ। भेरी अस्पताल विकास समितिका सदस्य धनराम ओलीले १ वैशाखयता अस्पतालका ४४ महिला र २७ पुरुष कर्मचारीलाई कोरोना भएको हो।

संक्रमित हुनेमा चिकित्सक ८, नर्सिङ कर्मचारी ३३, प्यारामेडिक्स (एचए र अहेव) ८ र सहायक कर्मचारी (क्लिनर, हेल्पर) २२ र प्रशासनका २ जना छन्। संक्रमित हुने ८ डाक्टर इमरजेन्सीमा कार्यरत हुन्। इमरजेन्सीमा कार्यरत प्यारामेडिक्स ६ र ५ जना सहायक कर्मचारी रहेको ओलीले बताए। 

अस्पतालका सूचना अधिकारी डा.संकेत रिसालका अनुसार एक सातायता धेरै जना कर्मचारीमा कोरोना पुष्टि भएको हो। संक्रमित हुनेमा इमरजेन्सीबाहेक अप्रेशन थिएटर, आइसीयूमा कार्यरत स्वास्थ्यकर्मी छन्। 

‘१ वैशाखमा इमरजेन्सीका अहेवलाई कोरोना भएपछि कन्ट्याक्ट टे«सिङका आधारमा परीक्षण गर्दा अन्य कर्मचारीमा पनि कोरोना पुष्टि भएकोे हो’, डा.रिसालले भने, ‘कोभिड वार्डमा लक्षण नभएका संक्रमित स्वास्थ्यकर्मीले काम गरिरहेका छन्। इमरजेन्सी, आइसीयू र ओटीमा काम गर्नेहरु धेरैजसो होम आइसोलेसनमा छन्।’

खोप लगाएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भए पनि सुरुमा सामान्य ज्वरो आउने र टाउको दुख्ने समस्याबाहेक समस्या नदेखिएको डा.रिसालले बताए। कोभिड वार्डमा एउटा सिफ्टमा २ डाक्टर र ३ जना नर्सले काम गरिरहेका छन्। प्रि–कोभिड वार्डमा एक जना डाक्टर र २ जना नर्स काम गर्छन्। 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना सम्पर्क व्यक्ति तेज वलीका अनुसार बुधबार साँझसम्म भेरी अस्पतालमा नेपालगन्ज १७ की ३९ वर्षीया महिला, नेपालगन्ज १२ का ६५ वर्षका पुरुष र बैजनाथ गाउँपालिका का २ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बैजनाथ गाउँपालिका ६ का ५६ वर्षका पुरुषको निधन भएको छ। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। उपचार गराइरहेकामध्ये एक सयभन्दा बढी सिकिस्त संक्रमित छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.